• होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

  • बुधबार, साउन ३०, २०८१
सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

धनगढी–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। प्रदेश सभाको आज (बुधबार) बसेको बैठकमा शाहले विश्वासको मत प्राप्त गरेका हुन्।

४५ प्रदेश सभा सदस्य उपस्थित रहेको बैठकमा मुख्यमन्त्री शाहको पक्षमा ३६ सदस्यले मतदान गरेका थिए। यस्तै विपक्ष ८ सदस्यले मतदान गर्दा एक प्रदेश सभा सदस्य तठस्थ बसेका छन्।

विश्वासको मत प्राप्त गर्नुअघि मुख्यमन्त्री शाहले विकासको पहिलो आधार राजनीतिक स्थिरता रहेको बताएका छन्। प्रदेश सभामा बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि नयाँ राजनीतिक सहमति भएको मुख्यमन्त्रीको भनाइ छ। मुख्यमन्त्री शाहले राजस्व सङ्कलनमा देखिएको समस्या समाधान भइसकेको दाबी गर्दै बजेट समस्याको पनि चाँडै निकास दिने प्रयास भइरहेको बताए।

विनियोजन ऐन र आर्थिक ऐन पास गरेर चाँडै नै चालु र पुँजीगत खर्च अगाडि बढाउने उनले बताए। मुख्यमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता समेत जनाएका छन्। भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने उनको दाबी छ।

चर्चामा

सम्बन्धित समाचार