• होमपेज
  • बडिमालिका
  • शिक्षक पाण्डेद्धारा लिखित अंग्रेजी ब्याकरण पुस्तककाे विमोचन

शिक्षक पाण्डेद्धारा लिखित अंग्रेजी ब्याकरण पुस्तककाे विमोचन

  • बुधबार, साउन ३०, २०८१
शिक्षक पाण्डेद्धारा लिखित अंग्रेजी ब्याकरण पुस्तककाे विमोचन

बाजुरा–  बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित मालिका नमुना माविमा कार्यरत शिक्षक विष्णुप्रसाद पाण्डेद्धारा लिखित एक आधारभूत अंग्रेजी व्याकरण  पुस्तकको विमोचन गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमका विच शिक्षक पाण्डेद्धारा लिखित उक्त पुस्तकको बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले विमोचन गरेका हुन् ।

बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ४ घर भई मालिका नमुना माविमा अंग्रेजी विषय शिक्षकका रुपमा अढाई दशक देखि कार्यरत रहेका पाण्डेले कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरेर अंग्रेजी व्याकरण पुस्तक प्रकाशन गरेका हुन् । शिक्षक पाण्डेद्धारा लिखित पुस्तकले बडीमालिका नगरपालिकाको सेवा क्षेत्रभित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि सजिलो र बहुउपयोगी हुने बडीमालका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन् ।

नगरपालिकाको शैक्षिक क्षेत्र सुधारका लागि शिक्षक पाण्डेद्धारा लिखित यो पुस्तकले ठुलो सहयोग पुग्ने र लिखित पुस्तकलाई शैक्षिक क्षेत्रको एक नमुना कामका रुपमा लिएर आगामी दिनमा समेत शैक्षिक उपयोगी पुस्तक लेखनका लागि शिक्षक पाण्डेलाई प्रोत्साहन गर्न नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख खड्काले बताए ।

त्यस्तै पुस्तक विमोचन कार्यक्रममा मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले आधारभुत तह देखि नै सवै भन्दा बढी विद्यार्थीहरु अंग्रेजी विषयमा कमजोर हुने भएकाले शिक्षक पाण्डेले लेखेको आधारभुत अंग्रेजी ग्रामर पुस्तकले विद्यार्थीहरुरुका लागि निकै सजिलो हुने बताएका छन् ।

कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीहरुले यो पुस्तक भित्र लिखित गरिएका कुराहरुलाई मात्रै अध्ययन गर्ने हो भने विद्याथीहरुमा अंग्रेजी विषयबाट हुने त्रास हटेर जाने शिक्षक पाण्डेले बताएका छन् । विद्यार्थीहरुका लागि प्रकाशन गरिएको आधारभुत अंग्रेजी ग्रामर पुस्तक भित्र एसईईका लागि उपयोगी मोडेल क्वइसन, निमावि, मावि देखि व्याचुलर तहसम्मका विद्यार्थीहरुका लागि यो पुस्तक उपयोगी हुने देखिएको छ । पुस्तक मार्तडी बजारको डेल्टा स्टोर लगायतका स्टेशनरीमा उपलव्ध रहेको छ ।

पुस्तक लेखक विष्णप्रसाद पाण्डेको अध्यक्षतामा गरिएको विमोचन कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का प्रमुख अतिथि रहेका थिए । बडीमालिका नगरपालिकाको कार्यपालिका हलमा विमोचन गरिएको कार्यक्रम नगरपालिकाका शिक्षा शाखा प्रमुख रंगमल विकले संचालन गरेका थिए । पुस्तक विमोचन कार्यक्रममा उपप्रमुख नन्दा कुमारी थापा, मालिका माविका प्राचार्य शुभराज पाध्याय, विव्यस अध्यक्ष काँशी विक, नगरपालिकाको शिक्षा समितिका सदस्य डम्वर महत, तुलसी नाथ, लक्षी विक लगायतको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार