• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाह प्रदेश सभाबाट विश्वासको मत लिदैँ (LIVE)

सुदूरपश्चिमका मुख्यमन्त्री शाह प्रदेश सभाबाट विश्वासको मत लिदैँ (LIVE)

  • बुधबार, साउन ३०, २०८१
सुदूरपश्चिमका मुख्यमन्त्री शाह प्रदेश सभाबाट विश्वासको मत  लिदैँ (LIVE)

धनगढी— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिदैँ छन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत मागिसकेका छन् ।

शाह असार २० गते कांग्रेस–एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री शाहले आफ्नो सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई पनि सहभागी गराएका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ । सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ सांसदकै समर्थनमा पनि शाहको विश्वासको मत पुग्छ। नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीका ७ सांसद सबैले उनलाई विश्वासको मत दिए ३६ पुग्छ । उनी दुई तिहाइतर्फ उन्मुख देखिन्छन् । नेकपा माओवादी केन्द्रले भने मुख्यमन्त्री  शाहलाई विश्वासको मत नदिने निर्णय गरिसकेकाे छ । 

चर्चामा

सम्बन्धित समाचार