• होमपेज
  • बडिमालिका
  • ज्यान मारा बिधुत, बाजुरामा अकालै ११ जना बढीले ज्यान गुमाए

ज्यान मारा बिधुत, बाजुरामा अकालै ११ जना बढीले ज्यान गुमाए

  • बुधबार, साउन ३०, २०८१
ज्यान मारा बिधुत, बाजुरामा अकालै ११ जना बढीले ज्यान गुमाए

लक्ष्मीराज पाध्याय– बाजुरा जिल्लामा २०६५ यता ११ जनाको करेन्ट लागेर अकालमै ज्यान गुमाएका छन । बडीमालिका खबरले बिभिन्न माध्यम बाट लिएको विबरण अनुसार ११ जनाको मृत्यु भएको फेला पारेको छ । राष्ट्रिय प्रशारण लाइन तथा गाउँमा रहेका साना लघु बिधुतले गरि ११ जनाको ज्यान लिएको हो । दर्जनौ घाइते भएर अपांग जिवन विताइरहेका छन् ।
गत साउन २६ गते बडीमालिका नगरपालिका ७ का ३२ बर्षिय मन बहादुर बिष्टले ३३ केभिए बिधुतको लाईन बिस्तारको क्रममा ज्यान गुमाएका छन । २०८० साल असोज २३ गते बाख्रा चराउने कम्रमा बडिमालिका नगरपालिका ६ बस्ने ४५ बर्षिया रेवती बडुवालको मृत्यु भयो । कोर्धालीगाड लघुजलबिधुत केन्द्रको लापरबाहीले तारमा अल्झीन गई करेन्ट लागेर मृत्यु भएको थियो । २०८० जेठ ४ गते बुढीनन्दा नगरपालिका–७ मा विद्युत विस्तारका लागि तारको लाइन तान्ने क्रममा पोल ढलेर सोही नगरपालिका–३ नुरीका ३२ वर्षीय अग्नी बोहराको मृत्यु भयो ।
२०७९ साल साउन २७ गते बुढिगंगा नगरपालिकाको बल्देमा नेपाल बिधुत प्राधिकरण बितरण केन्द्रमा कार्यरत कर्मचारी भक्त रावलको करेन्ट लागेर मृत्यु भयो । पछिल्लो दुई बर्षको अवधीमा ४ जनाको करेन्ट लागेर ज्यान गएको छ । करेन्ट लागेर ज्यान जान्छ क्षतिपूर्तिको कुरा नै हुँदैन आफन्तलाई ज्यालादारी जागिरमा थामथुम भएर सकिने गरेको छ । दोष कसको हो दोषीलाई कार्बाहीको दायरामा ल्याउने बारे कसैको चिन्ता र चासोको बिषय नबनेको स्थानिय सन्तोष बिकले वताएका छन् ।
०७८ साल भदौ ६ गते जगन्नाथ गाउँपालिका १ मा रहेको पिलुचौर लघुजलबिधुत आयोजनाका कर्मचारी ५० बर्षिया पुर्ण बहादुर बिष्टको करेन्ट लागेर मृत्यु भयो । उनि पावर हाउसमा मेशीनको जम्पर बदल्लने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको थियो । २०७७ साल भदौ ११ गते बुढिनन्दा नगरपालिकामा ५ बिरसैनका ६५ बर्षिया बृद्ध कर्णचन्द पाध्यायको बिहानै घरबाट उठेर चर्पी जान लागेका बेला चर्पी नपुग्दै मृत्यु भयो । घरको माथिबाट लगिएको बिजुलीको तार रातीको समयमा हुरीले चुडाएर लछारीएको तारलाई क्रस गरेर चर्पी जान खोज्दा करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको थियो ।
२०७६ साल फागुन १० गते त्रिबेणी नगरपालिका स्थित मालागाड लघुजलबिधुत केन्द्रको पावर हाउसमा लाईन बनाउने क्रममा सोही नगरपालिका ३ का २४ बर्षका लोकेन्द्र साउँदको करेन्ट लागेर मृत्यु भएको थियो । सोही उनि बिधुतका कर्मचारी थिए । बडिमालिका नगरपालिका ४ रिलामा २०७५ साल असार १ गते बिधुतको पोलमा बिधुत चुहावट भई सोही पालिका ५ का २० बर्षिया युवा जनक बहादुर साउदको करेन्ट लागेर घटना स्थलमै मृत्यु भयो ।
२०७५ साल भदौ २० गते बुढिनन्दा नगरपालिका ३ स्थित मेलढुस्कामा एकै पटक दाजु  र बहिनी दुबै जनाको करेन्ट लागेर घटना स्थलमै मृत्यु भयो । कोल्टी स्थित बड्डीगाड जलबिधुत आयोजनाको लाईनको तार खेतमा परेको थियो । ४५ बर्षिय साउनीकला बोहरा करेसाबारीमा तार अल्झिएकाे भनेर फाल्न खाेज्दा करेन्ट लागेर मृत्यू भएकाे थियाे। साझँ  दाजु ५० बर्षिया बुदे बोहरा बारीमा गए करेन्टले उनलाइ पनि छाेडेन उनि पनि बाचेन दाजु र  बहिनिको घटना स्थलमै मृत्यु भयो ।
जगन्नाथ गाउँपालिका ४ थारिकाडामा २०७५ साल फागुन १९ गते करेन्ट लागेर १४ बर्षिया बालिका श्रजना खत्रीको ज्यान गयो । उनि आफ्नो बुवा संगै मिलमा काम गर्न गएका बेला अचानक मेशीनमा करेन्ट प्रबाह भएर करेन्ट लाग्यो । उनि मेशीनसंगै अल्झेर करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको थियो ।
२०७३ साल पौष १८ गते अर्का एक युवा बडिमालिका ७ का जिल्लीका चन्द बहादुर विकको करेन्ट लागेर मृत्यु भयो । उनि छिमेकीको घरको पिल्लर हाल्ने क्रममा पिल्लरको माथि रहेको बिजुलीको तारमा पिल्लरका छडहरु ट्रकिएर करेन्ट लागेर मृत्यु भयो । उनका परिवारलाई पनि ज्यालादारी जागिर दिने सहमती भयो घटना सकियो । २०६५ असार १९ गते बाजुरा साना जलविद्युत्का कर्मचारी तथा बडिमालिका नगरपालिका ८ का रामबहादुर रावलको करेन्ट लागेर मृत्यु भयो । उनी विद्युत् प्राधिकरणमा जुनियर हेल्परको रुपमा काम गर्थे ।
बाजुरामा बर्षेनी बिद्युतका कारण ज्यान जाने भएपनि राहत तथा क्षतिपुर्तिका लागि संघर्ष गरिरहनु परेको छ । मृत्यु हुने अधिकांश बिद्युक्त कार्यलयको लापरवाहीले मृत्यु भएको नागरिक अगुवा दयाराम पण्डितले वताएका छन् ।.
बाजुरामा बिभिन्न समयमा करेन्ट लागेर धेरै घाईते भएका छन । बाजुरामा बिभिन्न समयमा करेन्ट लागेर घाईते पनि भएका छन । उनिहरु कष्टकर जिवन विताइरहेका छन । बाजुरा साना जलबिधुत केन्द्र तत्कालीन अवस्थामा त्रिबेणी बचत तथा ऋण सहकारी सस्थामा कार्यरत गौमुल निवासी धर्म रोकाया घाईते छन । उनले एक हात गुमाएका छन ।
२०८१ असार ६ गते सदरमुकाम मार्तडीमा बिजुलीकाे लाइन बिस्तारकाे क्रममा ७ बजे बिजुली छाेड्ने सार्वजनिक सुचना हुदा हुदै ५ बजे नै बिधुतलाइ छाेडेका कारण त्रिबेणि नगरपालिका निवासी पुर्ण बहादुर साउदलाइ पाेलमै चढेकाे बेला करेन्ट लागेर घाइते भए । प्राधिकरणकाे लापरबाहीका कारण उनि घाइते भएकाे ठेकेदार कम्पनीमा कार्यरत कर्मचारीका आफन्तले बताएका छन । त्यसै गरि  २०८१ साउन २ गते बुढिनन्दा नगरपालिका ३ सिराडीका ११ बर्षिया बालक टेकेन्द्र विक करेन्टर लागेर घाइते भए । हाल उनि काठमाण्डौमा उपचारत छन । सिमगाड लघु जलबिधुत केन्द्रको तार जथाभावी छोडेर फालेको अवस्थामा खेल्ने क्रममा उनलाई करेन्ट लागेको थियो । बिभिन्न समयमा बिधुत प्राधिकरण र लघुजलबिधुतको लापरबाहीका कारण पशुको समेत मृत्यु भएको तथ्याकं रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार