• होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ को सरस्वती टोलद्धारा बाटो र काठेपुल निर्माण

बडिमालिका ७ को सरस्वती टोलद्धारा बाटो र काठेपुल निर्माण

  • मङ्लबार, साउन २९, २०८१
बडिमालिका ७ को सरस्वती टोलद्धारा बाटो र काठेपुल निर्माण

बाजुरा —बडिमालिका नगरपालिका वडा नम्बर ७ को सरस्वती टोल बिकास समितिले जनश्रमदानबाट पिसिसी बाटो र काठेपुल निर्माण गरेका छन । टोलबासीको जनश्रमदान र सामान खरिदका लागि केही सहयोगबाट निर्माण गरिएको हो ।

बडिमालिका नगरपालिका वडा नं ७ सरस्वती टोल विकास समितिले ५० प्रतिशत जनश्रमदान र युके निवासी समाजसेवी पुष्पा राईको आर्थिक सहयोगमा सोही वडाको लेकबाट बिध्यालय जाने रेलिङ सहितको काठे पुल निर्माण गरिएको टोल बिकास समितिका अध्यक्ष दिपेश तिमिल्सेनाले बताएका छन् । सोही क्रममा जनजाती टोलबाट बिध्यालय जाने २ सय ५० मिटर पिसिसि बाटो समेत निर्माण गरेको अध्यक्ष तिमिल्सेनाले बताएका छन ।

वडाको बार्षिक कार्यक्रम तथा नीतिमा वडावासीले पनि महिनामा २ दिन अनिवार्य जनश्रमदान गर्नुपर्ने राखेका थियो सो नीतिको सरस्वती टोलले कार्यान्वयन गरेको भन्दै वडाअध्यक्ष धर्मराज पाध्यायले समेत टोल बिकास समितिलाई धन्यवाद ब्यक्त गरेका छन् । सरस्वती टोलले यस अघि पनि विभिन्न समयमा जनश्रमदान गरेर विकास निर्माणमा टेवा पुगेको भन्दै बडिमालिका नगरपालिका ७ का वडा सदस्य लोकेन्द्र रोकायाले धन्यबाद समेत दिएका छन् ।

बाटो र पुल बनेपछी त्यहाबाट सरोस्वती आधारभुत बिध्यालयमा जाने बिध्यार्थी र स्थानियलाई सहज भएको स्थानियले बताएका छन् । बर्षाको समयमा खोलामा पानीको बहाव बढ्ने र बिध्यालय जाने बालबालिका बग्ने डर हुने गरेकोमा अव सहज भएको स्थानिय नन्दे धामीले बताए ।
त्यसै गरि भोटेवाडाबाट माथि बिध्यालय रहेको र बिचको बाटो रातोमाटोले चिप्लो हुन्थ्यो बिध्यार्थीहरु लड्ने डर हुन्थ्यो, अव बाटो बनेपछि सहज हुने स्थानिय राम बहादुर थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार