जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ८ राज्यमन्त्रीलाई हटाएका छन् ।
जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को Aआलोचना भएपछि मुख्यमन्त्री सिंहले आज ८ राज्यमन्त्री हटाएका हुन् । उनले सरकारमा सहभागी दलहरुको सल्लाह अनुसार राज्यमन्त्रीहरुलाई हटाएको बताए ।
मुख्यमन्त्री सिंहले यही साउन २० गते रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको गरेका थिए । यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए ।
मधेश प्रदेशमा अब मुख्यमन्त्रीसहित १२ मन्त्री रहने छन् ।