• होमपेज
  • बडिमालिका
  • करेन्ट लागेर मृत्यु भएका विष्टको शव सत्य तथ्य छानबिन नभएसम्म आफन्तले नबुझ्ने

करेन्ट लागेर मृत्यु भएका विष्टको शव सत्य तथ्य छानबिन नभएसम्म आफन्तले नबुझ्ने

विष्टको शव ३ दिनदेखि जिल्ला अस्पताल बाजुरामा

  • सोमवार, साउन २८, २०८१
करेन्ट लागेर मृत्यु भएका विष्टको शव  सत्य तथ्य छानबिन नभएसम्म आफन्तले नबुझ्ने

बाजुरा– शनिबार दिउसो राष्ट्रिय प्रशारण लाईन अन्तरगतको विद्युत लाईन विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका बडीमालिका नगरपालिका–७ का मनबहादुर विष्टको शव आफन्तले बुझेका छैनन् । घाईते भएका विष्टलाई उपचारका लागि अछामको बयालपाटा अस्पतालमा उपचारका लागि लगिएको थियो भने उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण विष्टको मृत्यु भएको भन्दै आफन्तहरुले घटना भएको ३ दिन भइसक्दा पनि शव बुझ्न मानेका छैनन् । अहिले विष्टको शव जिल्ला अस्पताल बाजुरामा जिल्ला प्रहरी कार्यालय बाजुराको निगरानीमा राखिएको छ ।

बडीमालिका नगरपालिका–६ को जडाङ्गामा विद्युतको लाईन विस्तार गर्ने क्रममा ३३ वर्षिया  विष्टलाई करेन्ट लागेको थियो । अछामको साँफे देखि सदरमुकाम मार्तडीसम्मको ३३ केभीको विद्युत लाइन बनाउने क्रममा करेन्ट लागेर विष्ट शक्त घाइते भएका थिए । मृतक विष्ट भानुभक्त जाेशी ठेकेदारकाे कम्पनीमा ज्यालादारीमा काम गर्दै आएका थिए।

 विष्टको मृत्युको सत्य तथ्य छानविन गरि दोषीलाई कारवाहीका लागि माग गर्ने र यस प्रकारका घटना अवका दिनमा हुन नदिन पूर्व सर्तकता अपनाई मात्र काम गर्ने बातावरण मिलाउन आग्रह गर्ने सर्वपक्षीय बैठकले निर्णय गरेको छ । बाजुरामा केहि वर्षयता विद्युत प्राधिकरणको चरम लापरवाहीकै कारण युवाहरुले अकालमै ज्यान गुमाउँदै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार