• होमपेज
  • बडिमालिका
  • बाजुरामा एसईई पुरक परीक्षामा सहभागी ५ जनाको परीक्षा रद्द

बाजुरामा एसईई पुरक परीक्षामा सहभागी ५ जनाको परीक्षा रद्द

  • सोमवार, साउन २८, २०८१
बाजुरामा एसईई पुरक परीक्षामा सहभागी ५ जनाको  परीक्षा रद्द

बाजुरा —बाजुरामा माध्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षामा अनगुमनमा गएका जिल्ला बिकाश तथा समन्वय अधिकारी हर्क बहादुर सिहंले नियमबिपरित ५ जना विद्यार्थीहरुको परीक्षा रद्ध गरेका छन । सोमबार जिल्ला सदरमुकाम मार्तडी स्थित मालिका मावि र क्रेटर जोन एकेडेमी परीक्षा केन्द्रमा परीक्षामा सहभागी ५ जना विद्यार्थीको शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराका प्रमुख हर्क बहादुर सिहंले मनमर्जी तरिकाले परीक्षा रद्ध गरेको खुलेको छ ।
उनीहरुले परीक्षा सञ्चालन भइरहेको बेला गाेजीमा मोवाइल भेटाएको भन्दै शिक्षा बिकाश तथा समन्वय ईकाई बाजुराका प्रमुख सिंह लगायतको अनुगमन टोलीले परिक्षा केन्द्रको नियम बिपरित ५ जना बिध्यार्थीको परिक्षा रद्ध गरेको बुझिएको छ ।
शिक्षा बिकाश तथा समन्वय ईकाई बाजुरा प्रमुख सिहंले प्रतिसोध साध्ने तरिकाले परिक्षा रद्ध गरेको र बालबालिको भबिस्यमा खेलवाड गरेको अभिभावकहरुको आक्रोस छ ।
परिक्षा रद्ध गर्न परिक्षा केन्द्रका केन्द्राध्यक्षको अध्यक्षतामा मुचुल्का गरि बिभिन्न प्रकृया हुने नियम रहेको एक शिक्षकले बताएका छन । कुनै प्रक्रिया नगरेरै एकाएक उत्तर पुस्तीकामा रद्ध गरिएको भनि लेख्नु नियम बिपरित हाे परिक्षा केन्द्रका कर्मचारीहरुले बताएका छन । परिक्षा रद्ध गर्न बिभिन्न प्रक्रिया छन तर  पनि शिक्षा बिकाश तथा समन्वय अधिकारीको टोलीले प्रतिशोध साट्ने तरिकाले परिक्षा रद्ध गरेको परिक्षा केन्द्रमा खटिएका कर्मचारीको भनाई रहेको छ ।
परिक्षार्थि मध्य ४ जना मालिका माविमा र १ जनाको क्रेटर जोन एकेडेमी परीक्षा केन्द्रमा परीक्षा रद्ध गरिएकाे जनाएकाे छ । परिक्षा रद्ध गरिएपछि अभिभावकहरु परिक्षा केन्द्रमा खटिएका कर्मचारीमाथी आक्रोशित भएका छन् । परिक्षा केन्द्रका कर्मचारीका अनुसार आफ्नो कुनै कमजोरी नभएको र अनुगमनमा आएको टोलीले समस्या उत्पन्न गरेको बताएका छन ।
बडिमालिका खवरले शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराका प्रमुख हर्क बहादुर सिंहलाई परिक्षा रद्धको कारण के हो भन्दा त्यो दिन मिल्दैन भनेर आलटाल समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार