• होमपेज
  • बडिमालिका
  • सामुदायिक बन दिवसको अवसरमा बाजुरामा बृक्षारोपण

सामुदायिक बन दिवसको अवसरमा बाजुरामा बृक्षारोपण

  • शुक्रबार, साउन २५, २०८१
सामुदायिक बन दिवसको अवसरमा बाजुरामा बृक्षारोपण

बाजुरा– आज श्रावण २५ गते सामुदायिक वन स्थापना दिवस । आज देशका विभिन्न भागमा बनको दिगो ब्यवस्थान र सामुदायिक अधिकार,समाबेशी शुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार’  सामुदायिक बनकाे प्रभावकारीता तिनै तहका सरकार र समुहकाे सहभािगता भन्ने मूलनारा सहित सानाठूला विविध कार्यक्रम गरेर मनाइँदै छ । दिवसको उपलक्ष्यमा समय, अवस्था परिस्थिति हेरेर कतै वृक्षारोपण, कतै सामान्य छलफल, गोष्ठीसहितको कार्यक्रमहरू भइरहेका छन् ।

सोही क्रममा बाजुरा जिल्लामा पनि सामुदयिक बन दिवसको अवसरमा बृक्षारोपण गरि मनाएको छ । सामुदायिक बन उपभोक्ता महासंघ बाजुराले डिभिजन बन कार्यालय बाजुराको समन्वयमा बृक्षरोपण गरि दिवस मनाएको सामुदायिक बन उपभोक्ता महासघ बाजुराका उपाअध्यक्ष अर्जुन रोकायाले बताएका छन ।
सामुदयिक बन उपभोक्ता महासंघ बाजुराको आयोजना तथा र डिभिजन बन कार्यालय बाजुरासंगको समन्वयमा जिल्ला अस्पताल परिसरमा बिभिन्न प्रजातीका बिरुवा रोपण गरिएको उपाअध्यक्ष रोकायाले बताए ।

बृक्षारोपण कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ बाजुराका पदाधिकारीहरु, डिभिजन बन कार्यालयका प्रतिनिधी, जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरी लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार