• होमपेज
  • बडिमालिका
  • कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय बाजुराकाे ८५ अंक

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय बाजुराकाे ८५ अंक

  • बुधबार, साउन २३, २०८१
कार्यसम्पादनमा  जिल्ला प्रशासन कार्यालय बाजुराकाे ८५ अंक

बाजुरा– देशभरका जिल्ला प्रशासन कार्यालयकाे कार्यसम्पादन मूल्यांकनमा बाजुरा ८५ दशमलव ४३७५ अक‌ सहित ६९ स्थानमा रहेकाे छ  ।   गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय बाजुरा ६९ औँ  स्थानमा रहेकाे छ । देशभर ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् ।

कार्यसम्पादन मूल्यांकन सम्झौता बमोजिम मूल्यांकन गर्दा जिल्ला प्रशासन कार्यालयहरुले ७६.२५ देखि ९८ अंकसम्म पाएको मन्त्रालयले जनाएको छ । कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६.२५ अंकसहित अन्तिम स्थानमा छ । रुपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १० को सूचीभित्र परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार