• होमपेज
  • राजनीति
  • अधिवेशन हुन बाँकी एमालेका ११ जिल्ला कमिटी काम चलाउमा परिणत

अधिवेशन हुन बाँकी एमालेका ११ जिल्ला कमिटी काम चलाउमा परिणत

  • बुधबार, साउन २३, २०८१
अधिवेशन हुन बाँकी एमालेका ११ जिल्ला कमिटी काम चलाउमा परिणत

नेकपा एमालेले तोकिएको समयभित्र अधिवेशन गराउन नसकेको एघार जिल्ला कमिटीलाई काम चलाउ कमिटीमा परिणत गरेको छ । सोमबार अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशिका–१० जारी गर्दै अधिवेशन हुन बाँकी जिल्ला कमिटीहरुलाई संगठन कमिटीमा परिणत गरिएको जानकारी दिएका छन् ।

‘अधिवेशन हुन बाँकी जिल्लाहरुलाई संगठन कमिटीमा रुपान्तरण गर्ने…’ अपानिमा भनिएको छ, ‘बाँकी सबै जिल्ला अधिवेशनहरु कात्तिक महिनाभित्र गरिसक्ने ।’ अधिवेशन गर्न नसकेको संक्रमणकालीन कमिटीलाई एमालेले संगठन कमिटी भन्ने गरेको छ ।

अपानि अनुसार ६६ जिल्ला र विशेष क्षेत्रका अधिकांश जिल्ला अधिवेशन सकिएको छ । तर गत असारसम्म अधिवेशन नगर्ने कोशी, मधेश र सुदूरपश्चिमका ३/३ र गण्डकी तथा कर्णाली प्रदेशका एक/एक जिल्लालाई संगठन कमिटीमा परिणत गरिएको हो । संगठन कमिटीमा परिणत भएका मोरङ, तेह्रथुम, इलाम, बझाङ र डोटीका पदाधिकारीहरु अनुमोदन समेत गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार