• होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ को सरस्वती आधारभुत बिध्यायलयमा त्रिपक्षिय शैक्षिक बहस

बडिमालिका ७ को सरस्वती आधारभुत बिध्यायलयमा त्रिपक्षिय शैक्षिक बहस

  • मङ्लबार, साउन २२, २०८१
बडिमालिका ७ को सरस्वती आधारभुत बिध्यायलयमा त्रिपक्षिय शैक्षिक बहस

बाजुरा– बडिमालिका नगरपालिका वडा न ७ मा रहेको सरस्वती आधारभुत बिध्यायलयले त्रिपक्षिय शैक्षिक बहस कार्यक्रमको आयोजना गरेको छ । बिध्यालयले बिध्यार्थीको शैक्षिक गुणस्थर शुधारका लागि अभिभावक, शिक्षक र बिध्यार्थी बिच शैक्षिक बहस गरेको हो ।

मंगलबार आम भेला बोलाएर बिध्यालयको शैक्षिक अवस्था, बिध्यार्थीको शैक्षिक सुधार लगायत अभिभावकको दायित्वका बिषयमा छलफल गरिएको बडिमालिका नगरपालिका ७ का वडा सदस्य लाेकेन्द्र राेकायाले बताएका छन ।

बिध्यालयले आगामी दिनमा बिध्यालयकाे शैक्षिक अवस्था सुधार गर्दै जाने र अभिभावकले सकरात्मक सुझाव दिने लगायत बिषयमा छलफल भएको वडा सदस्य राेकायाले बडिमालिका खवरलाइृ बताएका छन ।

बडिमालिका नगरपालिकाले नगर भित्रको शिक्षा क्षेत्रको सुधारका लागि बिभिन्न कार्यक्रम गर्दै आएको र सोही क्रममा बिध्यालयले पनि सो कार्य गरेको नगरपालिका शिक्षा शाखा प्रमुख रंगमल बिकले बताएका छन । सामुदायीक बिध्यालयको शैक्षिक सुधारका लागि नगरपालिकाले बिभिन्न कार्यक्रम मार्फत जोड दिदै आएको शिक्षा शाखा प्रमुख विकले बताए ।

बहस कार्यक्रममा बिध्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, जनप्रतिनधी,अभिभावक लगायतकाे उपस्थिती रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार