• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाजुराका १२ हजार बढी कृषकलाई करिब ५ करोड अनुदान

बाजुराका १२ हजार बढी कृषकलाई करिब ५ करोड अनुदान

तरकारीमा आत्मनिर्भर बाजुरा, फलफुलमा परनिर्भर

  • मङ्लबार, साउन २२, २०८१
बाजुराका १२ हजार बढी कृषकलाई करिब ५ करोड अनुदान

बाजुरा —बाजुराका कृषकहरुलाई आर्थिक बर्ष २०८०।०८१ मा करिब ५ करोड रकम अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्र बाजुराले कृषकहरुलाई विभिन्न ३४ कार्यक्रम शीर्षक मार्फत कृषि कार्यका लागि ४ करोड ९० लाख २३ हजार रकम अनुदान दिएको हो । कृषि ज्ञान केन्द्रले एक बर्षमा दिएको अनुदानबाट १२ हजार २ सय बढी कृषकहरु लाभान्वित भएको तथ्याकंमा उल्लेख छ ।

हरेक बर्ष बाजुरामा ४ करोड देखी ६ करोड सम्म कृषि अनुदानमा खर्च हुने गरेको भए पनि उदेस्य अनुसारको क्रमिक रुपमा उपलब्धी भए पनि केही ब्यक्तीहरुले सित्तैमा अनुदान लिने परिपाटीले उदेश्य अनुसार उपलब्धी हुन नसकेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

मुख्य प्राथमिकतामा राखेको फलफुल खेतीको भने उपलब्धी देखीएको छैन् । बाजुरामा अत्याधिक मात्रामा उत्पादन हुने स्याउ बाहेक अन्य फलफुल भने बाजुरामा फस्टाएको देखीदैन । बाजुरामा फलफुल तथा तरकारी ब्यापारीहरुले एकै जना व्बयापारीले बार्षिक २० देखी २५ लाख बराबरको फलफुल मात्रै ल्याउने गरेको पाईएको छ ।

बडिमालिका खवरले बाजुराको सदरमुकाम मार्तडीमा रहेका केही तरकारी तथा फलफुल ब्यापारीहरुसंग गरिएको सर्बेक्षण अनुसार प्रत्येक व्यापारीहरुले बार्षिक २० देखी २५ लाखको फलफुल मात्रै जिल्ला बाहिरबाट आयात गर्ने गरेको बताएका छन् । बाजुरामा सिजनमा स्याउ बाहेक अन्य फलफुलहरु सबै बाहिरबाटै ल्याउने गरेको बताएका छन । स्याउ पनि भदौ, असोज सम्म मात्रै उपलब्ध हुने भएकोले अन्य समयमा बाहिरबाटै स्याउ लगायतका फलफुल ल्याउनुपर्ने बाध्यता रहेको बताए । बाजुरामा स्याउका लागि शितभण्डार मात्रै भईदिएको भए स्याउका लागि बाहिरको ल्याउन नपर्ने समेत ब्यापारी धनमल रोकायाले बताए ।

बर्षे सिजनको तरकारीमा भने बाजुरा आत्म निर्भर भएको पाएको छ । हामीले गरेको बजार सर्भेक्षण अनुसार हाल बर्षाका समयमा जिल्ला भित्रैको तरकारीहरु बिक्री वितरण हुने गरेको आयुस्मा किनारा तथा तरकारी पसलका प्रो प्राईटर मिथिला सिहंले बताइन् । अहिले गाउँमा प्रसस्त तरकारी उत्पादन हुने भएकोले बर्षाको समयमा तरकारी जिल्ला बाहीरबाट आयात गर्न आवस्यक नरहेको बताएकी छन । हिउदको सिजनमा भने जिल्ला बाहिरबाट आयात हुने गरेको व्यापारी सिहंले बताएकी छन् ।

जिल्लाका नौ वटै स्थानीयका कृषकहरुका सहकारी, कृषि समूह तथा फर्महरुलाई कृषि उत्पादनमा वृद्धि गरेर आत्मनिर्भर बनाउने उदेश्य सहित झण्डै ५ करोड रकम अनुदान दिइएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख भूमिराज उपाध्यायले बताएका छन् । कृषकहरुलाई विभिन्न शिर्षक मार्फत जिल्लामा फलफूल खेतिलाई मुख्य प्राथमिकतामा राखेर अनुदान दिइएको निमित्त प्रमुख उपाध्यायले बताए ।

त्यस्तै कृषि ज्ञान केन्द्रले दिएको अनुदानबाट जिल्लाका विभिन्न पालिकाहरुमा २ सय ५६ हेक्टर क्षेत्रफलमा फलफूल खेति गरिएको छ । त्यसै गरी २० कृषक समूहलाई दिइएको अनुदानबाट ५ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेति भएको कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार