• होमपेज
  • धर्म-संस्कार
  • आज साउनको तेस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड

आज साउनको तेस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड

  • सोमवार, साउन २१, २०८१
आज साउनको तेस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड

आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

सोमवारको अवसरमा काठमाडौँको पशुपतिनाथमा आज बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार आज पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलास्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यस महिनामा अब एउटा सोमबार मात्र बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार