• होमपेज
  • समाज
  • बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकामा ढुङ्गा लागेर बालिकाकाे मृत्यु

बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकामा ढुङ्गा लागेर बालिकाकाे मृत्यु

  • आइतवार, साउन २०, २०८१
बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकामा ढुङ्गा लागेर बालिकाकाे मृत्यु

बाजुरा– बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकामा   ढुङ्गा खसेर  बालिकाको मृत्यु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका वडा न १ जाेरुका नन्दे कुमालकी १४ बर्षिया छाेरी आकाशी कुमालकाे मृत्यू भएकाे हाे । गाउँपालिकामा निमार्ण भईरहेको जोरु, गोठीगाउँ सडक खण्डकाे ७ सय मिटर टाढा गाेरु चराउन गएका बेला डाेजरले खनिरहेकाे ढुगां खसेर  बालिका घाइते भएकी थिइन ।

घाइते  भएकी बालिकालाई उपचारका लागि शनिबार दिउसाे  काेल्टी अस्पतालमा ल्याइएकाे र उपचारकै क्रममा राति मृत्यू भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दिलीप कुमार गिरीले बताएका छन् ।  घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला  प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार