• होमपेज
  • अर्थ
  • रोपाइँ सकेर कामको खोजीमा भारत छिरे युवाहरु, सुनसास बन्दै बाजुराका बस्ती

रोपाइँ सकेर कामको खोजीमा भारत छिरे युवाहरु, सुनसास बन्दै बाजुराका बस्ती

  • आइतवार, साउन २०, २०८१
रोपाइँ सकेर कामको खोजीमा भारत छिरे युवाहरु, सुनसास बन्दै बाजुराका बस्ती

लक्ष्मीराज पाध्याय– बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाका धर्म बहादुर बुढा लालाबाला छोडेर प्रदेशको यात्रा तय गरेका छन । उनले श्रीमती र २ ओटा छोराछोरी घरमै छोडेर असारे खेतीपाती गरि रोजगारका लागि भारत जान लागेका हुन । गाउँमा रोजगार पाईदैन छोराछोरीको लालन पालन पढाई खर्च जिविको पार्जनका लागि भारत जान थालेको मार्तडी बसपार्कमा भेटिएका बुढाले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको धेरै भयो आफु जस्ता गरिवहरुको पहुँच नभएका कारण स्थानिय तहले रोजगार दिदैन बाध्य भएर चौकीदारी गर्न भारत जान लागेको बुढाको भनाई रहेको छ । बुढा जस्तै बाजुराका अधिकांस युवाहरुले भारतको बाटो तय गरिसकेका छन भने केही युवाहरु गन्तब्यमा पुगेर काम गर्न थालिसकेका छन । बाजुराका नौ वटै स्थानिय तहका अधिकांश गाउँबस्ती खाली हुँदै गएका छन् ।
बाजुरामा साउन पहिलो हप्ता धान रोपाइँ सकिएपछि युवा सबै रोजगारीका लागि धमाधम भारत जानथालेपछि यहाँका गाउँबस्ती खाली हुँदै गएका बुढापाकाहरु बताउछन् । गाउँमा अहिले बुढापाका र बालबालिका बाहेक कोही पनि युवाहरु भेटिदैनन् । धान रोपाइँ सकिएपछि बाजुरा लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका ग्रामीण भेगका युवाहरू रोजगारीका लागि भनेर धमाधम भारत पस्न थालेका छन् । रोपाइँपछि बेरोजगार युवाहरू सिजन अनुसारको कामको खोजीमा मजदुरी गर्न भारत पस्न लागेका हुन् । गाउँमा रोजगारी नपाइने भएकाले तन्नेरी देखि ६० वर्ष सम्मका सबै भारतमा मजदुरीका लागि भारत गइरहेका छन् ।
बाजुराका युवाहरु बर्सेनि यो बेला भारत पस्दै आएका छन् । रोपाइँ सकेपछि दसैँसम्मका लागि रोजगारी गर्न उनीहरू भारत जाने गर्दछन । यो सिजनमा भारतका पहाडी क्षेत्रमा बिभिन्न कामहरु पानउने भएकोले रोजगारका लागि भारत जाने गरेको खप्तड छेडेद गाउँपालिका वडा न ३ का स्थानिय कलक रावतले बताए । भारतको सिम्लामा यतिबेला स्याउ टिप्ने सिजन भएको र आम्दानी राम्रो हुने भएपछि भारतको सिम्लामा जान लागेको उनले बताए । उनले भने सिजनमा राम्रो काम पाईएमा १ लाख भन्दा बढि भारु कमाई हुने गरेको बताए । बाजुराका हजारौँ युवाहरु भारतमा गएर गाउँमा परिवार पाल्ने चलन बाजुरामा पहिलादेखि अहिलेसम्म उस्तै छ ।
कामका लागि जसरी पहिला यहाँका स्थानीय भारतमा जाने गर्थे अहिलेका युवा पनि कामका लागि भारत नै जाने गर्दछन् । नेपालमा राणा शासन देखी प्रजातन्त्र लोकतन्त्र र संघिय गणतन्त्र हुदै अहिले ३ तहका सरकार भए पनि युवाहरुले रोजगारको शुन्शिचितता पाउन नसकेको नागरिक अगुवाहरुको भनाइ रहेको छ ।
जिल्लाको हिमाली गाउँपालिका, बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका, बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, बुढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिका लगायतका अधिकांश युवा प्रत्येक वर्ष कामको खोजीमा भारत जाने गरेको नागरिक अगुवाले बताउने गरेका छन । “युवाका लागि गाउँमा केही रोजगारी मिल्दैन । यही बसेर केही व्यवसाय गरौँ भने उनीहरू सँग आयस्रोत छैन । असारमा धान खेती गर्न गाउँ आउँछन् त्यसपछि रोपाइँ सकेर फेरि ती सबै युवा धमाधम भारतमै जान्छन् ।” नागरिक अगुवाको भनाइ रहेको छ । यहाँ दसैँ तिहार र असारको केही दिन गाउँ बस्ती युवाले भरिभराउ हुन्छ । त्यसपछि सबै युवा कामको खोजीमा भारतमा जाने गरेकोले अरू महिना सधैँ यसरी नै गाउँ खाली हुने गरेको बताउने गरेका छन ।
सदरमुकाम मार्तडी सहित तिपाडा, ताँप्रीसेरा, बेतालमाडौँ, बाम्का लगायतका ठाउँमा रहेका बस काउन्टरमा अहिले टिकट काट्नेको निकै भीड लाग्ने गरेको मार्तडी बस काउण्टरका कर्मचारीहरुले बताउने गरेका छन । उनले भने महेन्द्रनगर जाने पुरै बस भारत जाने युवाहरुले भरिभराउ हुने गरेको बताए । प्रत्यक दिन सय जना भन्दा बढि युवाहरु भारत जाने भनेर महेन्द्रनगरकै बसमा टिकट लिने गरेको टिकट काउन्टरका कर्मचारीको भनाई रहेको छ ।
उसो त सुदूरपश्चिमेलीहरू अहिले मात्रै होइन, बाह्रैमास कामको खोजीमा भारत जाने गरेका छन् । सुदुरपश्चिमका ७ पहाडी जिल्लाकाका नागरिकहरू स्थानीयस्तरमा भरपर्दो काम नहुँदा भारतमै निर्भर छन् । तर नेपाल सरकारका आधिकारीक निकायसंग कति संख्यामा रोजगारीका लागि भारत जान्छन् भन्ने तथ्याङ्क छैन ।

चर्चामा

सम्बन्धित समाचार