• होमपेज
  • समाज
  • बाजुरामा तीन वर्षमा जबरजस्ती करणीका ३४ मुद्दा प्रहरीमा दर्ता

बाजुरामा तीन वर्षमा जबरजस्ती करणीका ३४ मुद्दा प्रहरीमा दर्ता

  • शनिबार, साउन १९, २०८१
बाजुरामा  तीन वर्षमा जबरजस्ती करणीका ३४ मुद्दा प्रहरीमा दर्ता

बाजुरा– तिन बर्षकाे अवधीमा बाजुरामा जबरजस्ती करणीका  ३४ मुद्धा प्रहरीकाेमा दर्ता भएका छन भने सुदूरपश्चिम भरी ६ सय २९ मुद्दा प्रहरीमा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा २०२ जबरजस्ती करणीका मुद्दा प्रहरीमा दर्ता भएका छन्। सो अवधिमा सबैभन्दा बढी कैलालीमा ८१ र त्यसपछि कञ्चनपुरमा ४१ मुद्दा दर्ता भएका छन्। बैतडीमा २२, अछाममा १२, बझाङमा ११, बाजुरामा १० र डडेल्धुरामा १०, डोटीमा ८, र दार्चुलामा ७ मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ।

सुदूरपश्चिममा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा जबरजस्ती करणीका १९१ मुद्दा दर्ता भएका छन्। सो अवधिमा सबैभन्दा बढी कैलालीमा ८९ र त्यसपछि कञ्चनपुरमा ४० मुद्दा दर्ता भएका छन्। बैतडीमा १४, बाजुरामा ११, बझाङमा १०, अछाममा ९, डोटीमा ८, दार्चुलामा ७ र डडेल्धुरामा ३ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा २३६ वटा जबरजस्ती करणीका मुद्दा प्रहरीमा दर्ता भएका थिए। सो अवधिमा पनि सबैभन्दा बढी कैलालीमा ११५ र त्यसपछि कञ्चनपुरमा ३२ मुद्दा दर्ता भएका छन्। डोटीमा २०, बझाङमा १५, बाजुरा र अछाममा १३/१३, बैतडीमा १२, दार्चुलामा ९ र डडेल्धुरामा ७ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। त्यस्तै सुदूरपश्चिम प्रदेशमा ३ आर्थिक वर्षमा २०८ वटा जबरजस्ती करणी उद्योगका मुद्दा समेत प्रहरीमा दर्ता भएका छन्। आर्थिक वर्ष २०८०/८१ मा ५३, आर्थिक वर्ष २०७९/८० मा ६३ र आर्थिक वर्ष २०७८/७९ मा जबरजस्ती करणी उद्योगका ९२ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।

अपराध संहिताको दफा २१९ ले कसैले कुनै महिलालाई मञ्जुरीविना करणी गरे वा मञ्जुरीमै भए पनि १८ वर्षभन्दा कम उमेरकी कुनै नाबालिकालाई करणी गरे बलात्कार गरेको मानिन्छ। कुन उमेरसमूहलाई कस्तो कारबाही हुने भन्ने विषय पनि अपराध संहिताले तोकेको छ। उक्त प्रावधानले १० वर्षभन्दा मुनिका बालिका करणी गर्नेलाई १० देखि १५ वर्षसम्म कैद हुनेछ। पीडित १० देखि १४ वर्षमुनिका बालिका भए ८ देखि १२ वर्षसम्म कैद हुने वा १४ देखि १६ वर्षमूनिको बालिका भए ६ देखि १० वर्षसम्म कैद हुने र १६ वर्ष वा सोभन्दा माथिको महिला भए ५ देखि ८ वर्षसम्म कैद हुने व्यवस्था छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार