• होमपेज
  • बडिमालिका
  • बुढीगंगा नदिको कटानले खेतियोग्य जमिन मासिदै

बुढीगंगा नदिको कटानले खेतियोग्य जमिन मासिदै

नदि किनाराका दर्जनौ बस्ती उच्च जोखिममा

  • शनिबार, साउन १९, २०८१
बुढीगंगा नदिको कटानले खेतियोग्य जमिन मासिदै

बाजुरा —बर्षायम सुरु भएसँगै बुढीगंगा नदिको कटानले गर्दा बाजुरा र अछाम जिल्लामा खेतियोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । बुढीगंगा नदिमा आएको बाढीले खेतियोग्य जमिन बगाएर बगरमा परिणत गरेको थियो । यो बर्ष पनि बर्षातको समयमा नदिले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौ बस्ती नदिको जोखिममा रहेको स्थानीयहरुले बताएका छन् । गत बर्षमा बुढीगंगा नगरपालिका १ अमकोटमा १ सय ७ परिवारको खेतियोग्य जमिन बुढिगंगा नदिले कटान गरेको थियो । सोही नगरपालिका ३ ताप्रीसेरामा रहेको ५० परिवारको जग्गा बगरमा परिणत भएको स्थानीय हिरा थापाले बताएका छन् ।

बडिमालिका नगरपालिका २ घागरमा विगतका बर्षहरुमा खेतियोग्य जमिन कटान हुँदै आएकाेमा यो बर्ष पनि नदिले कटान गर्न सुरु गरेको छ । आफ्नो १९ मुरि धान फल्ने खेत बगाएको छ, घर पनि पूर्ण रुपमा जोखिममा भएकाले घर नै छोडेर लेख तिर बसाइ सर्न लागेको स्थानीय हिरा पाध्यायले बताएका छन् । धान फल्ने खेत नै नदिले कटान गरेपछि खाद्य सकंटको सम्भावना समेत बढेको छ । नदिका कारण बडिमालिका नगरपालिका २ पानीनाउलामा २५ परिवारको जग्गा नदिने पुरै कटान गरेको स्थानिय धन बडुवालले बताए । प्रत्येक बर्ष कटान गर्दै आएको थियो, यो बर्ष देखि पूणर् रुपमा खेतियोग्य जमिन बगाएको उनले बताए ।

त्यस्तै त्रिवेणी नगरपालिकाका ३ वडा र बुढीगंगा नगरपालिकाका ३ वडाको खेतियोग्य जमिन नदिले कटान गदै आएको स्थानीय दिपक शाहले बताएका छन् । नदिको छेउमै रहेका ताप्रीसेरा, राप्का, बार्जुगाड, मौरे लगायतका बजार समेत उच्च जोखिममा रहेको शाहले बताए । तलबाट नदिले कटान गर्दै गएपछि बजार जोखिममा रहेका छन्, केही विस्थापित भइसेको उनले बताए । त्यस्तै बुढीगंगा नदिले अछाम जिल्लामा पनि खेतियोग्य जमिन कटान गदै आएको साँफेबगर नगरपालिका २ बस्ने कमल साउँदले बताएका छन् । साँफेबगर नगरपालिकाको बुढाबगर, ठाँटी, साँफे र कालिमाटीमा खेतियोग्य जमिन कटान गर्दै आएको छ । जग्गा कटान गर्दै आएपछि बस्ती समेत जोखिममा रहेको स्थानियले बताएका छन् ।

बुढिगंगा नदिले अछाममा रहेको धार्मिक स्थल बजैनाथ क्षेत्रको केही भूभाग पनि कटान गर्दै आएको छ । मन्दिर पनि नदिको चपेटामा परेको छ । हरेक बर्ष नदिको मारमा साँफे मार्तडी राजमार्ग पनि पर्दै आएको छ । अछामको साँफे देखी बाजुराको मार्तडी सम्म ५७ किलोमिटर मध्ये अधिकांश सडकखण्डको नदिकै किनारमै रहेका छन् ।

बाजुराको गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका, बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाका तटीय क्षेत्रका जोखिम बस्तीको व्यवस्थापनमा कसैको ध्यान गएको देखिदैन । बुढीगंगा नदिको बहाफ संगै तटीय क्षेत्र कटान गर्दा दर्जनौ बस्ती बगाएको छ तर तिन ओटै सरकारबाट भने कुनै पहल हुन सकेको छैन् ।

तत्कालीन अवस्थामा पालहरु दाल चामल दिएको भए पनि दिर्घकालीन योजना नबनाएकै कारण आउने बर्षातको समयमा पनि दर्जन बढी वस्तीहरु झन जोखिममा रहने देखिन्छन । २०७९ को साउन २५ गते गएको बाढीले एक गाउँपालिका र तिन नगरपालिकाका गरि दर्जन बढी वस्तीहरु जोखिममा परेका भए पनि स्थानीयले सरकारबाट कुनै सौलियत नभएको गुनासो गरेका छन् ।

बुढीगंगा नदिले तिन झोलुुङ्गे पुल र गाडी गुडने एउटा बेलिब्रिज बगाएको थियो । त्यो बेला बाजुरा जिल्ल्ला देखी अछामको साफेँँ सम्मका तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा रहेका बेला तत्त्कालीन गृह मन्त्री रामबहादुर थापा सहित प्रदेशका मुख्यमन्त्री र मन्त्री समेत बाजुरा पुगरे अनुुगमन गरेको भएपनि कटान रोक्नका लागि कुनै काम नगरेको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार