• होमपेज
  • समाज
  • बालविवाह गर्ने जोडी मण्डपबाटै नियन्त्रणमा

बालविवाह गर्ने जोडी मण्डपबाटै नियन्त्रणमा

  • शनिबार, साउन १९, २०८१
बालविवाह गर्ने जोडी मण्डपबाटै नियन्त्रणमा

रोल्पा — प्रहरीले रोल्पा नगरपालिका–१ बामरुक गाउँबाट बाल विवाह गर्ने एक जोडीलाई मण्डपबाटै नियन्त्रणमा लिएको छ । बाल विवाह गराउन प्रेरित गरेको आरोपमा बेहुला/बेहुलीका आमा बुबासमेत गरी ६ जना पनि पक्राउ परेका छन् । बालविवाह गर्ने जोडी मण्डपबाटै नियन्त्रणमा

विवाह गर्ने जोडी विद्यालय तहका विद्यार्थी भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुको नाम भने गोप्य राखिएको छ । बालविवाह गरिरहेको सूचना आधारमा प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक केशवराज बराकोटीले बालविवाह बदर गरेकाे बताए ।

‘बाल विवाह गर्नेहरुलाई कानुनी सजाय दिलाउन प्रक्रिया थालेका छाैं,’ उनले भने, ‘बाल विवाहमा संलग्न व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।’ उनका अनुसार यसबारेमा प्रहरीले थप गरी अनुसन्धान गरिरहेकाे छ । रोल्पामा बालविवाहको निकै ठूलो समस्या छ । एक तथ्यांक अनुसार ५२ प्रतिशत बालविवाह हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार