धनगढी— सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मतको लागि आह्वान गरिएको प्रदेश सभाको बैठक सुरु भएको छ ।
बैठक चल्ने वा नचल्ने अन्योलतकाबिच प्रदेशसभाको बैठक सुरु भएको हो । यसअघि एमाले र कांग्रेसले बैठकमा सहभागी नहुने बताएका थिए । तर कांग्रेस र एमाले पनि सहभागी भएपछि बैठक सुरु भएको हो ।
बैठकमा मुख्यमन्त्री सोडारीले सम्बोधन गरिरहेका छन् । यसअघि बैठक नचलेको अवस्थामा पत्रकार सम्मेलन गरेर राजीनामा दिने तयारी मुख्यमन्त्रीले गरेका थिए ।