• होमपेज
  • समाज
  • बाजुराका दुई जना काठमाडौँमा मृत फेला

बाजुराका दुई जना काठमाडौँमा मृत फेला

  • शुक्रबार, साउन १८, २०८१
बाजुराका दुई जना काठमाडौँमा मृत फेला

बाजुरा— बाजुराका दुई जना काठमाडौँमा मृत फेला परेका छन् । जिल्लाकाे त्रिवेणी नगरपालिका–४ घर भएका २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षीया करिष्मा सार्की मृत फेला परेका हुन् ।

काठमाडौँ महानगरपालिका–९ स्थित शम्भुमार्गमा रहेको झरना गेष्ट हाउसमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।

साउन १५ मा उनीहरू सो गेस्ट हाउसमा गएका थिए । शुक्रवार मध्यान्ह खान खानेबारे बुझ्न गेस्ट हाउसका स्टाफ जाँदा ढोका नखुलेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् । प्रहरी आएर ढोका खोलेर हेर्दा दुबै जना मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार