• होमपेज
  • बडिमालिका
  • बडिमालिका ९को मोडडाडा र फडिल्लाका ८ परिवार बिस्तापित, दर्जन बढि घर जोखीममा

बडिमालिका ९को मोडडाडा र फडिल्लाका ८ परिवार बिस्तापित, दर्जन बढि घर जोखीममा

  • बिहिबार, साउन १७, २०८१
बडिमालिका ९को मोडडाडा र फडिल्लाका ८ परिवार बिस्तापित, दर्जन बढि घर जोखीममा

बाजुरा– बुधबार राति परेको अबिरल बर्षाका कारण गाउँमा पहिरो आएपछि बडिमालिका नगरपालिका वडा न ९ को मोडडाँडा र फडिल्लाका गरि ८ परिवार पुणर् रुपमा बिस्तापित भएका छन । सोही ठाउँका अन्य दर्जन बढि परिवार जोखीममा रहेको पाईएको छ । बुधबार राति परेको अबिरल बर्षा संगै आएको पहिरो ले मोडडाडा र फडिल्लाको पुरै बस्ती जोखीममा रहेको उप प्रमुख नन्दा थापाले बताएकी छन । बर्षाको समयमा परिवार सहित सोही ठाउँमा बस्दै आएका बडिमालिका नगरपालिका वडा न ६ र ९ का स्थानियहरु जोखीममा परेको खवर पश्चात अनुगमन गरि सुरक्षित ठाउँमा सार्न पहल गरिएको उप प्रमुख थापाले बताएकी छन ।

No description available.

बडिमालिका नगरपालिका ९ का रुप थापा, जनक थापा, हिमाल थापा, खगेन्द्र थापा, नरेश थापा, बिर थापा, अंग थापा र कृष्न थापाको परिवार पुणर् रुपमा बिस्तापित रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । त्यसै गरी दल थापा, हरी थापा, चन्द थापा, प्रेम थापा मन थापा र डम्म ऐडीका घरहरु उच्च जोखीमा रहेको उप प्रमुख थापाले बताएकी छन । लगातार पानी पर्ने हो भने ति परिवार पनि बिस्तापित हुने प्रहरीकाे भनाइ रहेकाे छ । नगर उपप्रमुख नन्दा थापा वडाअध्यक्ष सुर्यकिरण बिक र प्रहरी सहितकाे टाेलीले अनुगमन गरि रूप थापा, जनक थापा र नरेश थापालाई त्रिपाल दीएर अन्त सारीएकाे   उप प्रमुख थापाले बताएकी छन ।

No description available.
त्यसै गरी सोही क्षेत्रमा बस्दै आएका २६ जना स्थानियको खेतमा लगाएको अन्नबाली समेत पहिरोले बगाएको स्थानीय हरी थापाले बताएका छन । बस्तीमा रहेको खानेपानीको मुहान समेत पहिरोले बगाएपछि खानेपानी समेत समस्या भएकाेस्थानियको भनाई रहेको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार