• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका ३ मा गुणस्तर बढाउन विद्यालय ’मर्ज’

बडिमालिका नगरपालिका ३ मा गुणस्तर बढाउन विद्यालय ’मर्ज’

  • आइतवार, साउन १३, २०८१
बडिमालिका नगरपालिका ३ मा गुणस्तर बढाउन विद्यालय ’मर्ज’

बाजुरा– सरकारी साधन स्रोत एकिकृत गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न बडिमालिका नगरपालिका वडा न ३ ले विद्यालय ’मर्ज’ गरेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्न अभियानका साथ बडिमालिका नगरपालिका ३ मा रहेका खातिभिटा आधारभुत बिध्यायलय र चोयाकोट माबिमा मर्ज गरीएको हो ।
सिमित सरकारी स्रोत, साधन एकीकृत गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानका साथ खातिभीटा आधारभुत बिध्यालयमा ईसिडी कक्षा मात्र संचालन गरिने चोयाकोट माबिका बिध्यालय व्यबस्थापन समिति अध्यक्ष कृष्ण खड्काले बताए । सामुदायीक विध्यालयको गुणस्तरिय शिक्षा अभाव,गाऊमा पर्याप्त मात्रामा आयआर्जन गर्ने अवसर कम हुनु र विविध अन्य कारणले विध्यार्थिको संख्या जम्मा १२ जना विध्यार्थि भएको तथा बडीमालिकाको नगरपलिकाले कम विध्यार्थि भएका विध्यालय समायोजन,तह घटुवा गर्ने नीती अनुरूप स्वतस्फुर्त खातिभिटा आधारभुत विध्यालय औपचारिक रूपमा चोयाकोट मा.वि.मा समायोजन भएको अध्यक्ष खड्काले बताए ।
कम विद्यार्थी संख्या र छोटो दुरीमा रहेका विद्यालय आपसमा गाभेर एउटै बनाउन अभिभावक मन्जुर भएपछि खातीभिटाबाट चोयाकोटमा मर्ज गरिएको अभिभावकहरुले बताएका छन । अभियान अन्तर्गत बडिमालिका नगरपालिकामा पहिलो पटक दुई विद्यालय आपसमा गाभिएका हुन्। तल्लो तहको विद्यालय माथिल्लो तहसँग गाभिने नीति अनुसार खातीभिटा आधारभुत बिध्यालयका कक्षा १ देखी ३ सम्म चोयाकोट माबिमा गाभिएको बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष खड्काले बताए ।
विद्यालय मर्जबाट दरबन्दी मिलानमा सहयोग पुग्ने नगरपालिकाको विश्वास छ । धेरै विद्यार्थी भएको विद्यालयमा जनशक्ति कम र थोरै विद्यार्थीमा धेरै भएपछि नगरपालिकाले अभियानलाई विकल्पको रुपमा लिएको हो। ’यसबाट दरबन्दी मिलान हुने र असमान दरबन्दीको स्थिति पत्ता लगाइ समान बनाउन सघाउने अपेक्षा  रहेकाे नगरपालिकाले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार