• होमपेज
  • समाज
  • बाजुरामा ४ हजार बढी पशुपन्छी आयात

बाजुरामा ४ हजार बढी पशुपन्छी आयात

जिल्लाबाट २ हजार बढी पशु निर्यात

  • मङ्लबार, साउन ८, २०८१
बाजुरामा ४ हजार बढी पशुपन्छी आयात
जिल्लाबाट निर्यातित भेडा

टेक बहादुर बुढा— आर्थिक बर्ष २०८०।०८१ मा बाजुरा जिल्लामा पशुपन्छीको निर्यात भन्दा आयातको संख्या बढेको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराको तथ्यांक अनुसार गत आर्थिक बर्षमा जिल्लामा ४ हजार ७ सय बढी पशुपन्छी आयात भएका छन् । गत बर्षमा ६ सय १२ बाख्रा, २२ बोका, ५७ मुर्रा भैसीं, ६ राँगा र ४ हजार ७० वटा कुखुरा आयात भएका छन् ।

जिल्ला भेटेनरी अस्पतालको सहकार्यमा कृषकलाई पालन तथा मासुका लागि कैलाली, कञ्चनपुर, नेपालगञ्ज लगायतका स्थानहरुबाट पशुपन्छी आयात हुने गरेको कार्यालयले जनाएको छ । त्यसै गरि जिल्लाबाट २ हजार बढी पशु निर्यात गरिएको छ । जिल्लाबाट ४ सय ३८ भैसीं, २२ हल गोरु र एक हजार ५ सय ४५ भेडा बाख्रा देशका विभिन्न ठाउँमा निर्यात गरिएको कार्यालयले जनाएको छ ।

जिल्लाबाट कैलाली, नेपालगञ्ज, काठमाडौं, पोखरा लगायतका स्थानमा विभिन्न प्रयोजनका लागि पशु निर्यात भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका पशु स्वास्थ्य सहजकर्ता भीम बहादुर दानीले बताएका छन् । उनका अनुसार देशका विभिन्न स्थानमा जिल्लाबाट मासुको लागि मात्रै बार्षिक १५ सय बढी भेडा र भैसीं समेत निर्यात हुने गरेको बताएका छन् ।

जिल्लामा मासुको प्रयोजनका लागि सबैभन्दा धेरै बोइलर कुखुरा भित्रिने गरेकोे छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराको तथ्याकं अनुसार पनि पन्छीहरु बढी भित्रीएको तथ्याकं रहेको छ ।

बाजुरा मासुमा आत्मनिर्भर भनिए पनि आयात भएको कुखुराको तथ्याकंले जिल्लामा अझै मासुका लागि बाहिरबाट आउने कुखुराकै भर पर्नुपर्ने अवस्था रहेको देखाएको छ ।

चर्चामा

सम्बन्धित समाचार