• होमपेज
  • जगन्नाथ
  • पुस्पलाल स्मृति दिवसको अवसरमा जगन्नाथ गाउँकमिटीद्धारा बृक्षरोपण

पुस्पलाल स्मृति दिवसको अवसरमा जगन्नाथ गाउँकमिटीद्धारा बृक्षरोपण

  • सोमवार, साउन ७, २०८१
पुस्पलाल  स्मृति दिवसको अवसरमा जगन्नाथ गाउँकमिटीद्धारा बृक्षरोपण

नेपाल कम्युनिस्ट पार्टिका संस्थापक महासचिव पुस्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसरमा आज जगन्नाथ गाउँ कमिटीले बृक्षरोपण गरि मनाएको छ ।  गाउँ कमिटि वडाका पदाधिकारी हरुको सहभाहितामा जगन्नाथ गाउँ पालिकाको दस शैया अस्पतालको वरिपरि बृक्षरोपण गरि मनाएको हाे ।

 नेकपा एमाले जगन्नाथ गाउँ कमिटीको आयोजनामा एमाले जिल्ला कमिटी सदस्य तथा जगन्नाथ गाउँ पालिका उपाध्यक्ष मरुकला बिष्ट, जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ५ का अध्यक्ष गौरि सार्कि, जिल्ला कमिटी सदस्य तथा निवर्तमान वडा नम्बर ६ का अध्यक्ष कटक बिष्ट लगायत नेता कार्यकर्ताको सहभागीता रहेकाे थियाे ।

नेकपा एमाले नव निर्वाचित गाउँ कमिटीको टिमले आफ्नो कार्यकालमा नयाँ र फरक तरिकाले काम गर्ने बताउदै यो आयोजना गरिएको गाउँ कमिटी अध्यक्ष नन्द बहादुर शाहले बताएका छन । १ देखि ६ वडाकै सम्पुर्ण नेता कार्यकर्ता पदाधिकारीहरुको उपस्तिथिमा २ सय २० भन्दा बढि विभिन्न जातका बिरुवा रोपेर स्मृति दिवस  मनाएको गाउँ कमिटी सचिव टक्क कामिले बताए ।

पुस्पलाल स्मृति दिवस लाइ हर्ष उल्लासका साथ मनाउन वडा नम्बर ६ का कृषक विरवल सार्की लगायतका कृषकले बोट विरुवा उपलब्ध गराई सहयोग गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार