• होमपेज
  • बडिमालिका
  • आर्थिक अभावले अस्पतालको शैयामा छट्पटाउँदै बाजुराकाे बडिमालिकाकी रमिला

आर्थिक अभावले अस्पतालको शैयामा छट्पटाउँदै बाजुराकाे बडिमालिकाकी रमिला

सहयोगका लागि हारगुहार

  • सोमवार, साउन ७, २०८१
आर्थिक अभावले अस्पतालको शैयामा छट्पटाउँदै बाजुराकाे बडिमालिकाकी रमिला

टेकबहादुर बुढा, ७साउन बाजुरा —बाजुराको बडिमालिका नगरपालिका ९ की २६ बर्षकी रमिला कुमारी विक आर्थिक अभावले काठमाडौको वीर अस्पतालको शैयामा छट्पटाई रहेकी छन् । रमिला मृगौलाको समस्याले अस्पतालको शैयामा उपचार गराइरहेकी छन् ।

२ बर्ष पहिले देखि रमिलालाई एक्कासी समस्या देखिएको थियाे। एकाएक रमिलालाई हात खुट्टा दुख्ने, सुनिने जस्ता समस्या भएपछि उनलाई काठमाडौं स्थित वीर अस्पतालमा पुगाए । रमिलालाई दुई बर्षदेखि कहिले वीर अस्पताल कहिले पाटन अस्पताल उपचार गरे । केही महिना यता भने वीर अस्पतालमा उपचार भइरहेको छ । उनको मृगौलामा समस्या भएको छ । उनको डाइलासिस र अन्य उपचार गनुपर्ने अस्पतालले जनाएको छ ।

सुरुमा बाथरोग देखियो । बाथरोगले बिस्तारै मृगौलामा असर गर्न थालेपछि रमिला दुई बर्षदेखि अस्पतालमा वेडमा रहेकी उनका श्रीमान प्रकाश विकले बताए । घरमा खेतिपाती गरेर छोराछोरीको पालन पोषण, पढाई र घर खर्च चलाइरहेपनि अहिले श्रीमती दुई बर्ष देखि बिरामी भएपछि उपचारसँगै खान बस्न निकै समस्या भएको प्रकाशले बताए । प्रकाशले भने एकातिर काठमाडौं जस्तो ठाउँमा सबै महंगोमा किनेर खानुुपर्छ, अर्कोतिर अस्पतालले श्रीमतीको मिर्गौलाको डाइलासिस गर्नुपर्छ भनेको छ, अहिले म निकै समस्यामा भएको वताए । पैसा नहुँदा उनको डाइलासिस तथा अन्य उपचार रोकिएको छ ।

रमिलाको साउन १ गतेदेखि हप्तामा दुई पटक डाईलोसिस भइरहेको छ । एक पटक डाइलासिस गरेको पनि धेरै रुपैयाँ तिर्नुपर्छ, यो त झन अब जीवनभर गरिरहनुपर्छ, साथैमा आफूसँगै छोराछारी पनि भएकाले उपचारमा समस्या भइरहेको प्रकाशले दुखेसो सुनाए । दुई बर्षसम्म आफन्तहरुसँग सहयोग र सापटी मागेर उपचार गर्यौ, औषधी किन्यौ तर अहिले अस्पतालले डाइलासिस गर्नपर्छ भनेपछि आफूहरुको बिचल्ली भएको बताए ।
आफूहरुले स्वास्थ्य बिमा पनि नगरेकाले रमिलाको उपचारमा समस्या भएको भन्दै उनको परिवारले सबैलाई सहयोगका लागि हारगुहार गरिरहेका छन् । प्रकाशको परिवारसँग आय स्रोत केहि नहुँदा काठमाडौंमा खान बस्न र रमिलाको डाइलासिस गर्नुपर्ने हुँदा झन समस्या भएको छ । आर्थिक अभावले रमिलाको उपचार गर्न निकै समस्या भएपछि उनका छोराछोरीको पढाई समेत प्रभावित भएको छ । अहिले रमिलासँगै उनका श्रीमान प्रकाश विक, ११ बर्षिया छोरी र ५ बर्षका छोरा पनि काठमाडौंमै छन् ।

चर्चामा

सम्बन्धित समाचार