• होमपेज
  • बडिमालिका
  • बाजुरामा ९२ प्रतिशत बजेट खर्च

बाजुरामा ९२ प्रतिशत बजेट खर्च

एक करोड बढी राजश्व संकलन

  • आइतवार, साउन ६, २०८१
बाजुरामा ९२ प्रतिशत बजेट खर्च

टेक बहादुर बुढा —गत आर्थिक वर्ष २०८०/०८१ मा बाजुरामा कुल बजेटको ९२ प्रतिशत बजेट खर्च भएको छ । जिल्लामा विनियोजित संघ तथा प्रदेशतर्फ कुल ५ अर्ब ४५ करोड ५० लाख ७ हजार ८ सय ६६ रुपैयाँको ९२ दशमलव ६२ प्रतिशत बजेट खर्च भएको हो ।

गत आर्थिक बर्षमा जिल्लाका लागि विनियोजित बजेट संघतर्फ ४ अर्ब ३२ करोड ९९ लाख १ हजार ३ सय ७३ रुपैयाँ र प्रदेशतर्फ १ अर्ब १२ करोड ५१ लाख ६ हजार ४ सय ९३ रुपैयाँको ४ अर्ब ६७ करोड ३१ लाख २० हजार ६६ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराले जनाएको छ ।

जिल्लाका लागि विनियोजित संघ तर्फको कुल बजेटमध्ये ९५ प्रतिशत अर्थात ३ अर्ब ८५ करोड ७३ लाख ३२ हजार २ सय २१ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराका लेखापाल धन बहादुर थापाले बताएका छन् । त्यस्तै प्रदेश तर्फबाट विनियोजित कुल बजेटमध्ये ८० प्रतिशत अर्थात ८१ करोड ५७ लाख ८७ हजार ८ सय ४५ रुपैयाँ खर्च भएको लेखापाल थापाले बताए ।

आर्थिक बर्ष २०८०/८१ मा जिल्लाका लागि विनियोजित बजेटको ९२ प्रतिशत खर्च भएर बाँकी ३७ करोड २३ लाख ८७ हजार ७ सय ९९ रुपैयाँ फिर्ता भएको कार्यालयले जनाएको छ । आर्थिक बर्षमा जिल्लाका नौ वटै स्थानीय तह तथा सरकारी कार्यालयका लागि विनियोजित संघ र प्रदेशको बजेट मध्ये प्रदेशको तुलनामा संघको बजेट बढी खर्च भएको जनाएको छ ।

त्यस्तै बाजुरामा गत आर्थिक बर्षमा विभिन्न शीर्षकबाट १ करोड ९८ लाख ४९ हजार १ सय ३८ रुपैयाँ राजश्व संकलन भएको छ ।
सबैभन्दा धेरै राहदानीबाट ४३ लाख ६५ हजार रुपैयाँ र शिक्षा क्षेत्रबाट ३५ लाख २३ हजार ७ सय ८४ रुपैयाँ राजश्व संकलन भएको छ ।

चर्चामा

सम्बन्धित समाचार