शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • पहिरोले अवरुद्ध साँफे–मार्तडी राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध साँफे–मार्तडी राजमार्ग खुल्यो

  • शुक्रबार, साउन ४, २०८१
पहिरोले अवरुद्ध साँफे–मार्तडी राजमार्ग खुल्यो

बाजुरा— पहिरोले अवरुद्ध भएको बाजुराको साँफे–मार्तडी राजमार्ग खुलेको छ। सडकखण्डको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै लेदोसहित पहिरो झरेको र त्यसलाई हटाएपछि दिउँसोदेखि खुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्लाको बुढिगंगा नगरपालिका–३ ताप्रिसेरा, बडीमालिका नगरपालिका–४ रिला र बडीमालिका–९ कारागार नजिकै शुक्रवार (आज) बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सडक खुलेपछि बिहान रोकिएका लामो तथा छोटो दुरीका गाडी गन्तव्यतर्फ लागेका छन् ।

त्यसै गरि पुर्वी उत्तरी भेग जोड्ने मार्तडी-कोल्टी सडक लगातारको अबिरल बर्षासँगै पहिरोका कारण दुई सातादेखी अवरुद्ध भएको छ । मनसुन सक्रिय भएसँगै बडीमालिका नगरपालिका वडा नम्बर ७ जिल्लीमा पहिरो स‌गै  बिभिन्न खाेलाहरुकाे बहाफ बढेपछी मार्तडी काेल्टी सडक सडकखण्ड अवरुद्ध भएकाे छ । सडक अबरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पुर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा माल बहाक सवारी साधन ठप्प भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार