• होमपेज
  • बडिमालिका
  • एसईईको मौका परीक्षा पहिलो पटक बाजुराका तीन क्षेत्रमा सञ्चालन हुदैँ

एसईईको मौका परीक्षा पहिलो पटक बाजुराका तीन क्षेत्रमा सञ्चालन हुदैँ

६ वटा परीक्षा केन्द्र तोकिए

  • शुक्रबार, साउन ४, २०८१
एसईईको मौका परीक्षा पहिलो पटक बाजुराका तीन क्षेत्रमा सञ्चालन हुदैँ
परीक्षा केन्द्र भानोदय मावि

टेक बहादुर बुढा— माध्यमिक शिक्षा परीक्षा एसईईको मौका परीक्षा पहिलो पटक बाजुराका तीन क्षेत्रमा सञ्चालन हुने भएको छ । जिल्लाका तीन क्षेत्र कोल्टी, मार्तडी र बुढीगंगा नगरपालिकामा गर्न आवश्यक व्यवस्थापन गर्न नौ वटै पालिका प्रतिवद्ध भएपछि शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले तीन क्षेत्रमा परीक्षा केन्द्र निर्धारण गरेको छ ।

बिहिवार माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समिति बाजुराको बैठकले यस अघि असार २७ गते निर्धारित केन्द्र संशोधन गर्दै तीन क्षेत्रमा ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराका प्रमुख हर्क बहादुर सिंहले बताएका छन् । उनका अनुसार कोल्टी क्षेत्रमा जनप्रकास मावि (क) र (ख), बिच क्षेत्र मार्तडीमा मालिका मावि र क्रेटर जाेन एकेडेमी केन्द्र र तल्लाे क्षेत्र भानोदय मावि (क) र (ख) परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

बर्षायाममा विद्यार्थीहरुलाई सदरमुकाम सम्म पुग्नुपर्ने बाध्यता र आर्थिक अवस्थालाई ध्यानमा राख्दै यस पटक नौ वटै पालिकाहरुले एसईईको मौका परीक्षा तीन क्षेत्रमा गर्नुपर्ने माग गर्दै प्रतिवद्धता पत्र समेत बुझाएका थिए । पहिलो पटक जिल्लाका तीन क्षेत्रमा परीक्षा सञ्चालनका लागि आवश्यक भौतिक तथा प्राविधिक व्यवस्थापन तथा शान्त र मर्यादित वातावरण कायम गर्न पालिका प्रतिवद्ध भएपछि तीनै क्षेत्रको स्थलगत अनुगमन पछि परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख सिंहले बताए ।

यस बर्षको एसईईको मौका परीक्षामा कोल्टी क्षेत्र स्थित जनप्रकास मावि (क) मा १८ विद्यालयबाट २ सय ७५ र (ख) मा ४ विद्यालयबाट बाट २ सय ८४ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराका प्राविधिक सहायक टिकाराम जोशीले बताए । त्यस्तै मार्तडी स्थित मालिका माविमा ७ विद्यालयबाट २ सय ७३, क्रेटरजोन एकेडेमीमा १० विद्यालयबाट १ सय ९३, भानोदय मावि केन्द्र (क) मा १५ विद्यालयबाट ३ सय ८६ र (ख) मा १४ विद्यालयबाट ३ सय ९७ विद्यार्थी सहभागी हुने प्राविधिक सहायक जोशीले बताए ।

एसईईको मौका परीक्षामा सहभागी विद्यार्थीहरुको सहजताका लागि सय अघि नौ वटै पालिकाले तीन क्षेत्रमा हुनपर्ने माग सहित समन्वयात्मक बैठक बसेर व्यवस्थापनका लागि एक आपसमा समन्वय गर्ने प्रतिवद्धता जनाई सकेका छन् । यस अघिका बर्षमा एसईईको मौका परीक्षा सदरमकाममा हुदैै आएको थियो ।

यसअघि एसईईको नतिजा सार्वजनिक भए लगत्तै दुई विषयमा नन ग्रेडेड (अनुत्तीणर्) विद्यार्थीका लागि बोर्डले १८, १९ साउनमा मौका परीक्षा तोकेको थियो तर पछि मन्त्रालयले दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निणर्य गरेपछि साउन २३ गते देखि मौका परीक्षा सञ्चालन हुदै छ । १५ चैतदेखि २७ चैतसम्म सञ्चालन भएको एसईई परीक्षाको नतिजा असार १३ गते सार्वजनिक गरिएको थियो ।

May be an image of blueprint, ticket stub and textMay be an image of blueprint and text

चर्चामा

सम्बन्धित समाचार