• होमपेज
  • बडिमालिका
  • पहिरोका कारण साफेँ मार्तडी सडक तिन ठाउँमा अबरुद्ध

पहिरोका कारण साफेँ मार्तडी सडक तिन ठाउँमा अबरुद्ध

  • शुक्रबार, साउन ४, २०८१
पहिरोका कारण साफेँ मार्तडी सडक तिन ठाउँमा अबरुद्ध

बाजुरा– लगातारको बर्षाका कारण पहिरो जादा साफेँ मार्तडी सडक खण्ड तिन ठाउँमा अबरुद्ध भएको छ ।  राति परेको अबिरल बर्षा संगै आएको पहिरोले सडक अबरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साफेँ मार्तडी सडक खण्डको बुढिगंगा नगरपालिका ३ ताप्रिसेरा, बडिमालिका नगरपालिका ४ रिला र बडिमालिका ९ कारागार नजिकै गएको पहिरोले सडक अबरोध भएको जनाएको छ । अबरोध भएको सडकको पहिरो हटाउन पहल भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्यसै गरि पुर्वी उत्तरी भेग जोड्ने मार्तडी-कोल्टी सडक लगातारको अबिरल बर्षासँगै पहिरोका कारण दुई सातादेखी अवरुद्ध भएको छ । मनसुन सक्रिय भएसँगै बडीमालिका नगरपालिका वडा नम्बर ७ जिल्लीमा पहिरो स‌गै  बिभिन्न खाेलाहरुकाे बहाफ बढेपछी मार्तडी काेल्टी सडक सडकखण्ड अवरुद्ध भएकाे छ । सडक अबरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पुर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा माल बहाक सवारी साधन ठप्प भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार