• होमपेज
  • समाज
  • मासु, अण्डा र दुधमा आत्मनिर्भर बन्दै बाजुरा, बार्षिक एक हजार बढी भेडा र भैसी निर्यात

मासु, अण्डा र दुधमा आत्मनिर्भर बन्दै बाजुरा, बार्षिक एक हजार बढी भेडा र भैसी निर्यात

  • बिहिबार, साउन ३, २०८१
मासु, अण्डा र दुधमा आत्मनिर्भर बन्दै बाजुरा, बार्षिक एक हजार बढी भेडा र भैसी निर्यात

टेक बहादुर बुढा– बाजुरा जिल्ला पछिल्लो समय मासु, अण्डा र दुधमा आत्मनिर्भर बन्दै गएको छ । मासु र दुधमा आत्मनिर्भर बन्दै गएको बाजुरा पछिल्लो समय उपभोग अनुसार अण्डामा समेत आत्मनिर्भर बन्न थालेको छ ।

जिल्लामा पछिल्ला हरेक बर्षमा उपभोग अनुसार दुध, मासु र अण्डा उत्पादन बढ्दै गएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले बजार तथा गाउँमा मासु र दुध उत्पादन अनुसार सबै खपत हुने र बजारको भन्दा गाउँमा अण्डाको उपभोग कम हुने भएकाले उपभोग अनुसार अण्डामा समेत जिल्ला आत्मनिर्भर बन्दै गएको जनाएको छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराको तथ्यांक अनुसार दुई बर्षमा दुध २१ हजार ५ सय ७७ मेट्रिकटन र मासु तीन हजार ४ सय १४ मेट्रिकटन उत्पादन भएको छ । आर्थिक बर्ष २०७९/८० मा ६ हजार ९५ गाई र ४ हजार ५ सय ९२ भैसींको गरेर १० हजार ६ सय ८७ मेट्रिकटन दुध उत्पादन भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका पशु स्वास्थ्य सहजकर्ता भीम बहादुर दानीले बताए । उनका अनुसार सोहि बर्ष रागा/भैसीं ९ सय २०, भेडा बाख्रा ५ सय ७२, बंगुर ३२ र कुखुरा १ सय ४२ गरेर कुल १ हजार ६ सय १६ मेट्रिकटन मासु उत्पादन भएको छ । आर्थिक बर्ष ०७९/८० को तथ्यांक हेर्दा आर्थिक बर्ष २०८०/८१ मा दुध र मासुको उत्पादन बढेको तथ्यांकले देखाएको छ ।

आर्थिक बर्ष ०८०/८१ मा गाईको ७ हजार ८० र भैसींको ५ हजार ९ सय ५० गरेर १० हजार ८ सय ९० मेट्रिकटन दुध उत्पादन भएको छ । त्यस्तै रागा/भैसींको ९ सय ४२, भेडा/बाख्रा ६ सय ४८, बंगुर ४२ र कुखुरा १ सय ७८ गरेर १ हजार ७ सय ४७ मेट्रिकटन मासु उत्पादन भएको छ ।

अघिल्ला केहि बर्षमा कुखुरामा देखा परेको बडफुल्यूका कारण मासु उत्पादन घटेपनि पछिल्ला दुई बर्षमा उत्पादन बढेको कार्यालयले जनाएको छ । त्यसैगरि जिल्लामा आर्थिक बर्ष २०७९/८० मा ४ लाख ५८ हजार र आर्थिक बर्ष २०८०/८१ मा ४ लाख ५८ हजार २ सय ४२ हजार गोटा अण्डा उत्पादन भएको तथ्यांकले देखाएको छ ।

पछिल्लो समय बाजुरा जिल्ला दुध, अण्डा र मासुमा आत्मनिर्भर बन्न थालेपनि मासुका लागि केहि कुखुरा भने बाहिरबाट आएपनि मासुका लागि हरेक बर्ष भेडा तथा भैसी जिल्लाबाट निर्यात हुने गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशीले बताएका छन् ।

जिल्लामा दुध बाहिरबाट नआएपनि गाईको दुध बजारभन्दा गाउँमै खपत हुने र भैसीलाई केहि समय दुहेर बाहिर ढुवानी हुने भएकाले जिल्ला मासुमा आत्मनिर्भर रहेको बताए । उत्पादन भएको मासु जिल्लामै खपत भएर बार्षिक एक हजार बढी भेडा र भैसी निर्यात हुदैँ आएको प्रमख जैशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार