• होमपेज
  • समाज
  • गौमुल गाउँपालिका २ मा पहिरोले पाँच घर विस्थापित

गौमुल गाउँपालिका २ मा पहिरोले पाँच घर विस्थापित

  • बिहिबार, साउन ३, २०८१
गौमुल गाउँपालिका २ मा पहिरोले पाँच घर विस्थापित

बाजुरा —बाजुराको गौमुल गाउँपालिका वडा नंः २ रनेडामा पहिरोले पाँच घर विस्थापित भएका छन् । मंगलबार रातिको अविरल बर्षाले माथिबाट गएको पहिरोले पाचँ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
रनेडा बस्तीका स्थानीय सालिभान रोकाया, मिहेन्द्रे रोकाया, साउने रोकाया, सगुने रोकाया र देबे सार्कीको घर परिवार विस्थापित भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीले बताएका छन् । उनका अनुसार पहिरोले विस्थापित भएका परिवारलाई वडा कार्यालयको सहयोगमा त्रिपाल दिएर सुरक्षित स्थानमा सारिएको छ ।

त्यस्तै सोहि बस्तीको तल र माथिबाट आएको पहिरोले ७ घरपरिवार पहिरोको उच्च जोखिममा छन् । पहिरोको उच्च जोखिममा रहेका ७ परिवार अहिले सोहि घरमै बसेका भएपनि तत्काल सुरक्षित स्थानमा सार्ने तयारी रहेको गाैमुल गाउँपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार