• होमपेज
  • बुढीगंगा
  • भानोदय माविमा एसईईको मौका परीक्षा व्यवस्थापन तथा शान्त र मर्यादित बनाउन तीन पालिका प्रतिवद्ध

भानोदय माविमा एसईईको मौका परीक्षा व्यवस्थापन तथा शान्त र मर्यादित बनाउन तीन पालिका प्रतिवद्ध

  • बुधबार, साउन २, २०८१
भानोदय माविमा एसईईको मौका परीक्षा व्यवस्थापन तथा शान्त र मर्यादित बनाउन तीन पालिका प्रतिवद्ध

टेक बहादुर बुढा —बाजुरामा मध्यमिक शिक्षा परीक्षा एसईईको मौका परीक्षाका लागि तीन क्षेत्रमा केन्द्र निर्धारणका लागि तीन पालिकाले प्रतिवद्धता जनाएको छ । यस अघि जिल्लाका नौ वटै स्थानीय तहहरुले एसईईको मौका परीक्षा तीन क्षेत्रमा सञ्चालन गर्न माग गर्दै शिक्षा विकास तथा समन्वय समिति बाजुरालाई प्रतिवद्धता पत्र बुझाएका थिए । सोहि अनुसार जिल्लाको दक्षिणी भेगका तीन पालिकाहरुले भनोदय माविमा परीक्षा सञ्चालनका लागि भौतिक तथा प्राविधिक व्यवस्थापनका बिषयमा समन्वयात्मक बैठक बसेर छलफल गरेका छन् ।

बुधवार बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिका प्रमुख तथा उपप्रमुख, शिक्षा विकास तथा समन्वय प्रमुख सहित सरोकारवालाहरुलाई राखेर परीक्षाको सम्पूणर् व्यवस्थापन तथा शान्त र मर्यादित तवरले सञ्चालनका लागि प्रतिवद्ध रहेको जनाएका छन् ।

समन्वयात्मक बैठकमा बोल्दै बुढीगंगा नगरपालिका प्रमुख राम बहादुर बानियाँले तीन पालिकाको केन्द्र भानोदय माविमा परीक्षा सञ्चालनका लागि आवश्यक भौतिक तथा प्राविधिक व्यवस्थापनको कुनै समस्या नभएकाले परीक्षालाई शान्त र मर्यादित वातावरणमा सञ्चालन गर्न पालिका प्रतिवद्ध रहेको बताए । नगर प्रमुख बानियाँले बर्खाको समयमा विद्यार्थीहरुलाई सदरमुकामसम्म जान र आर्थिक अवस्थालाई ध्यानमा राख्दै परीक्षाको केन्द्र भनोदय मावि उपयुक्त हुने सुझाव दिए ।

त्यस्तै त्रिवेणी नगरपालिका प्रमुख कर्ण बहादुर थापाले परीक्षा अवधिभर कुनै समस्या भएमा तीन वटै पालिका मिलेर लाग्नुपर्ने र विद्यार्थीहरुलाई सदरमुकाम जानुपर्छ कि भन्ने अन्योलमा नराखेर तत्काल परीक्षा केन्द्र निर्धारणको निणर्य गर्न आग्रह गरेका छन् ।

बैठकमा बोल्दै खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले परीक्षा सञ्चालनका लागि आवश्यक व्यवस्थापनका लागि पालिकाको पूणर् सहयोग तथा समर्थन रहने बताए । परीक्षा अवधिभर हुन सक्ने सम्भावित घटना तथा विद्यार्थीहरुलाई शान्त वातावरणमा बस्ने व्यवस्था मिलाउनुपर्नेमा अध्यक्ष रावतले जोड दिए ।

शिक्षा विकास तथा समन्वय समिति प्रमुख हर्क बहादुर सिंहले सबै पालिकाले परीक्षाको व्यवस्थापनका साथै शान्त वातावणमा सञ्चालन गर्न प्रतिवद्ध रहेमा यस बर्षको एसईईको मौका परीक्षा तीन क्षेत्रमा हुने बताए । तीन पालिकाको केन्द्र भानोदय माविको स्थलगत अनुगमन पछि सदरमुकाममा कुनै समस्या नभएकाले माथिल्लो क्षेत्रमा परीक्षा हुने वातावरण भए केहि दिनमै परीक्षा केन्द्र निर्धारणका बिषयमा निणर्य गरिने प्रमुख सिंहले बताएका छन् ।

तीन पालिकाको समन्वयात्मक बैठकमा बुढीगंगा नगरपालिका प्रमुख राम बहादुर बानियाँ, उपप्रमुख माया कुवर, त्रिवेणी नगरपालिका प्रमुख कर्ण बहादुर थापा, उपप्रमुख कमला न्यौपाने, खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर रावत, शिक्षा विकास तथा समन्वय प्रमुख हर्क बहादुर सिंह, प्राविधिक सहायक टिकाराम जोशी लगायतको सहभागिता रहेको थियो ।

No description available.

चर्चामा

सम्बन्धित समाचार