• होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाद्धारा गरिव तथा जेहेन्दार बिध्यार्थीलाई पुरस्कार बितरण

बुढीगंगा नगरपालिकाद्धारा गरिव तथा जेहेन्दार बिध्यार्थीलाई पुरस्कार बितरण

  • बुधबार, साउन २, २०८१
बुढीगंगा नगरपालिकाद्धारा गरिव तथा जेहेन्दार बिध्यार्थीलाई पुरस्कार बितरण

बाजुरा– बुढीगंगा नगरपालिकाले नगरपालिका भित्र बिभिन्न बिध्यालयमा अध्यानरत गरिव तथा जेहेन्दार बिध्यार्थीलाई नगद सहित पुरस्कृत गरेको छ । नगर प्रमुख तथा नगर उप प्रमुख गरिव तथा जेहेन्दार बिध्यार्थी सम्मान कार्यक्रम अन्तरगत नगरपालिकाका ६ बिध्यार्थीलाई नगद सहित पुरस्कृत गरेको हो । मंगलबार एक कार्यक्रमका बिच नगरपालिकाको कार्यालयमा सो पुरस्कार बितरण गरिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथले बताएका छन ।

नगर प्रमुख राम बहादुर बानिया र नगर उप प्रमुख माया कुवँर खड्काले आफुहरुले पाउने भत्ता कटौती गरी हरेक बर्ष सो कार्यक्रम गर्दै आएकोमा यस बर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको नगरपालिकाले जनाएको छ । २०८१ असार १० गते भएको दशौ नगरसभाबाट सिफारीस सहित मंगलबार नगरको बार्षिक समिक्षा कार्यक्रमको आयोजना तथा पुरस्कार बितरण कार्यक्रमकाे आयाेजना गरि नगद सहित पुरस्कृत गरिएको नगर प्रमुख राम बहादुर बानियाँले बताए ।

No description available.
पुरस्कृत हुनेमा भानोदय माबि कक्षा १० मा अध्यानरत छात्र भुपेन्द्र जैशी, सोही बिध्यालयमा कक्षा १० मा अध्यानरत छात्रा अनिता मिजार, पशुपती माबि कक्षा ८ मा अध्यायनरत छात्र अनिल थापा, पशुपती माबकै कक्षा १० मा अध्यानरत छात्र नवराज जैशी रहेका छन । त्यसै गरि त्रिशक्ती माबिमा कक्षा ९ अध्यानरत छात्र उमेश सिलवाल र त्रिशक्ती माबिकै कक्षा ८ मा अध्यानरत छात्रा बिपना थापालाई पुरस्कृत गरिएको नगरपालिका उप प्रमुख माया कुवर खड्काले बताएकी छन  ।
पुरस्कृत हुने छात्र छात्राहरुलाई नगद सहित पुरस्कार प्रदान गरिएको बुढीगंगा नगरपालिकाले जनाएको छ । बुढिगंगा नगरपालिकामा २०७९ को स्थानिय तहबाट निर्बाचित जनप्रतिनीधी आईसकेपछी सो कार्यक्रम अगाडी सारिएको र निरन्तर कार्यक्रम अन्तरगत यो बर्ष पनि निरन्तरता दिएको नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार