• होमपेज
  • बडिमालिका
  • मार्तडी— कोल्टी सडकखण्ड यात्रा गर्नै सकस

मार्तडी— कोल्टी सडकखण्ड यात्रा गर्नै सकस

  • मङ्लबार, साउन १, २०८१
मार्तडी— कोल्टी सडकखण्ड यात्रा गर्नै सकस

बाजुरा‍‍– बाजुराको पुर्वी उत्तरी भेग जोड्ने मार्तडी-कोल्टी सडकखण्ड दुई सातादेखि अवरुद्ध भएपछि अहिले यात्रा गर्न निकै सास्ती भइरहेको छ । दुई सातादेखि सडकखण्डका ठाउँ ठाउँमा पहिरोले अवरुद्ध भएपछि अहिले मार्तडी कोल्टी यात्रा गर्न यात्रुहरुले तिन चार  गाडी फेर्नुपर्ने बाध्यता भएको छ । यसरी ठाउँ ठाउँमा सडक अवरुद्ध तथा बर्खामा अप्ठ्यारो बाटो देखाउँदै यात्रुबाट मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । मार्तडी कोल्टी सडकखण्ड अन्र्तगत बडिमालिका ७ जिल्लीमा निरन्तर पहिरो गरिरहेको र बुढीनन्दा २ र ५ को बिचमा रहेको दानसाघुँ खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध अवस्थामा रहेको छ ।
असार १७ गते राति अबिरल बर्षासँगै बडिमालिका नगरपालिका ७ जिल्लीको पहिरोका कारण सडकखण्ड अवरुद्ध भएपछि दुई सातादेखि पूणर् यातायात सेवा ठप्प छ । जिल्लीमा पहिरो बग्ने क्रम नरोकिएपछि स्थानीयलाई आवतजावतमा समेत सास्ती भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्लीको पहिरोका कारण सडकखण्ड अवरुद्ध भएपछि दुई सातादेखि सदरमुकाम मार्तडीबाट पुर्वी उत्तरी भेगका पालिकासम्म पुग्न यात्रुले ठाउँ ठाउँमा गाडी बदल्नुपर्ने बाध्यता रहदै आएको छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले अवरुद्ध सडक सञ्चालनका लागि पहिरो पन्छ्याएर यातायात सेवा सुचारु गर्न प्रहरीको टोलि तथा प्राविधिकलाई समेत खटाएको भएपनि लगातारको अबिरल बर्षाका कारण सडक खुलाउन समस्या भएको बताउनु भयो । उनका अनुसार जिल्लीमा पहिरो बग्ने क्रम नरोकिएको र दानसाघुँमा पुल नहुँदा खोलामा पानीको बहाव बढेकाले बर्खामा पूणर् रुपमा बाटो सुचारु गर्न सकिने अवस्था नरहेको बताए ।
सुदूरपश्चिम प्रदेशको गौरवको याेजनमा रहेकाे  मार्तडी-कोल्टी सडक हरेक बर्ष वर्षायाम सुरु हुने बित्तिकै अवरुद्ध हुदैं आएको छ । मार्तडी-कोल्टी सडकखण्डमा पर्ने खोलामा पुल नहुँदा जहिल्यैको बर्षायममा अवरुद्व हुने गरेको छ । सडकखण्डमा पर्ने बाउली, अनाई, दानसाघुँ लगायतका खोलाहरुमा पुल नहुँदा हरेक बर्षको बर्षायममा त्यस क्षेत्रका नागरिकहरुले यातायात सेवाबाट वञ्चित हुनुपर्ने बाध्यता रहदै आएको छ । जिल्लीको पहिरोले वरिपरीका बस्तीसहित विद्यालय समेत उच्च जोखिममा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार