काठमाडौँ— नेपाल बीमा प्राधिकरणले ३७ वटा बीमा कम्पनी नवीकरण गरेको छ । प्राधिकरणबाट इजाजतप्राप्त सरकारी र निजी क्षेत्रका कुल ३७ बीमा कम्पनी २०८१ असार असान्तसम्ममा नवीकरण भएका हुन् ।
अद्यावधिक भएकामध्ये जीवन बीमा कम्पनीहरू १४ वटा रहेका छन् भने निर्जीवन बीमा कम्पनीहरू पनि सोही संख्यामा रहेको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए । यस्तै पुनर्बीमा कम्पनीहरू २ वटा र लघुबीमा कम्पनीहरू ७ वटा रहेका छन् ।
अद्यावधिक भएका जीवन बीमा कम्पनीहरूका राष्ट्रिय बीमा कम्पनी (राष्ट्रिय बीमा संस्थान), नेशनल लाइफ इन्स्योरेन्स, मेट लाइफ, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), एसियन लाइन, सूर्यज्योती रहेका छन् । जसमध्ये राष्ट्रिय बीमा कम्पनी सरकारी स्वामित्वको कम्पनी हो ।
यसैगरी जीवन बीमा कम्पनीहरुमै सूर्याज्योति लाइफ, हिमालयन लाइफ, आईएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नवीकरण भएका छन् । प्राधिकरणका अनुसार मेटलाइफ विदेशी विमकको शाखा/एसाइन्ड क्यापिटलको रुपमा नेपालमा क्रियाशील छ ।
जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी यसप्रकार छन्–