• होमपेज
  • समाज
  • संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

  • मङ्लबार, साउन १, २०८१
संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

सङ्खुवासभा—सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए ।

पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए ।

ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

चर्चामा

सम्बन्धित समाचार