• होमपेज
  • बाजुरा बिशेष
  • नवनियुक्त पर्यटन मन्त्री बद्री पाण्डेले गरे पदभार ग्रहण

नवनियुक्त पर्यटन मन्त्री बद्री पाण्डेले गरे पदभार ग्रहण

  • सोमवार, असार ३१, २०८१
नवनियुक्त पर्यटन मन्त्री बद्री पाण्डेले गरे पदभार ग्रहण

बाजुरा —नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पाण्डेले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्नुअघि मन्त्री पाण्डेले शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

विद्यार्थी नेता हुदैँ सांसद देखि पहिलाे पटक मन्त्री बनेका पाण्डे

नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डे २०७९ मा प्रत्यक्ष निर्वाचन प्रणालीबाट बाजुराबाट प्रतिनिधी सभामा निर्वाचित भएपछि पार्टीको गगन र शेखर कोइराला टिमबाट पहिलो पटक मन्त्री बनेका छन्। पाण्डे २०७० सालको संविधान सभामा समानुपातिक सांसद, २०७४ मा राष्ट्रिय सभाका सदस्य भएका थिए ।

बाजुरामै विद्यार्थी हुदै राजनितिमा सक्रिय भएका पाण्डे नेविसंघ बाजुरा अध्यक्ष हुदैँ सेती अञ्चल केन्द्रीय सदस्य,  २०५६ मा नेविसंघको केन्द्रीय सदस्य  र काँग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा विजयी भएका थिए । जिल्लाको हिमाली गाउँपालिका साविकको रुगिन गाविसमा जन्मेका पाण्डे जिल्ला, प्रदेश हुदै राष्ट्रिय राजनितिमा समेत छवि बनाउदै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार