• होमपेज
  • बडिमालिका
  • बाजुराका जनप्रतिनिधिले एक बर्षमा ६ करोड बढी तलव भत्ता बुझे

बाजुराका जनप्रतिनिधिले एक बर्षमा ६ करोड बढी तलव भत्ता बुझे

सबैभन्दा बढी त्रिवेणी नगरपालिकामा

  • आइतवार, असार ३०, २०८१
बाजुराका जनप्रतिनिधिले एक बर्षमा ६ करोड बढी तलव भत्ता बुझे

बाजुरा —बाजुराका स्थानीय तहका जनप्रतिनिधिले एक बर्षमा तलव भत्तामा मात्रै ६ करोड बढी रुपैयाँ लिएका छन् । महालेखा परिक्षकको बार्षिक प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७९।८० मा नौ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले दैनिक तलव भत्तामा ६ करोड २० लाख ८ हजार १ सय ७८ रुपैयाँ बुझेका छन् ।

महालेखा परिक्षकको कार्यालयले २०८१ जेठ सार्वजनिक गरेको ६१ औं बार्षिक प्रतिवेदन अनुसार जिल्लाका नौ वटा स्थानीय तह मध्ये सबैभन्दा बढी रकम त्रिवेणी नगरपालिकाका जनप्रतिनिधिहरुले बुझेका छन् भने सबैभन्दा कम तलव भत्ता रकम स्वामिकार्तिक खापर गाउँपालिकाका जनप्रतिनिधिहरुले खर्च गरेको देखिएको छ ।

उसो त सबैभन्दा बढी १० वटा वडा भएका बुढिगंगा र बुढिनन्दा नगरपालिका भन्दा ९ वडा भएको त्रिवेणीका जनप्रतिनिधिहरुले तलव भत्तामा मात्रै सबैभन्दा बढी रकम खर्च गरेको देखिन्छ । त्रिवेणी नगरपालिकाले जनप्रतिनिधिको तलव भत्तामा मात्रै १ करोड ७ लाख ८७ हजार ४ सय ८९ रुपैयाँ बुझेका छन् । स्वामिमार्तिक खापर गाउँपालिकाले ४५ लाख ४९ हजार ५ सय रुपैयाँ दैनिक तलव भत्ता बुझेका छन् ।

त्यस्तै दोस्रोमा बुढिनन्दा नगरपालिकाले ९९ लाख ५९ हजार, बडिमालिका नगरपालिकाले ९५ लाख ४० हजार ६ सय ८० रुपैयाँ, बुढिगंगा नगरपालिकाले ९१ लाख ७९ हजार ९ सय रुपैयाँ जनप्रतिनिधिको तलब भत्तामा खर्च गरेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसै गरि खप्तड छेडेदह गाउँपालिकाले ७५ लाख ३ हजार, हिमाली गाउँपालिकाले ६९ लाख १५ हजार ५ सय, गौमुलले ५८ लाख ७५ हजार ५ सय १० र जगन्नाथ गाउँपालिकाले ५७ लाख ९७ हजार ५ सय रुपैयाँ तलव भत्तामा खर्च गरेका छन् । यो तलब भत्ता मात्र बुझेका जनप्रतिनिधिले दैनिक भम्रण भत्ता तथा अन्य खर्च बाफत लाखाै रकम बुझदै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार