• होमपेज
  • अर्थ/वाणिज्य
  • बाजुरा उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभा सम्पन्न

बाजुरा उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभा सम्पन्न

  • आइतवार, असार ३०, २०८१
बाजुरा उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभा सम्पन्न

उद्योगी व्यवसायीहरुको छाता संस्था बाजुरा उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका विच सम्पन्न भएकाे हाे ।  साधारणसभाको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले उद्धघाटन् गरेका थिए ।
उद्योग बाणिज्य संघ बाजुुराका अध्यक्ष देब बहादुर रोकायाको अध्यक्षतामा सूरु भएको कार्यक्रममा प्रमुुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका छन् ।

कार्यक्रममा संघको आर्थिक प्रतिवेदन, संघले गरेका उपलव्धीहरु प्रस्तुत गरिएकाे थियाे । कार्यक्रममा बिशिष्ट अतिथि बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, बुढिग‌गा नगरपालिका उप प्रमुख माया कुवर, खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर रावत गौमुल गाउँपालिका उपाध्यक्ष सिता थापा, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल लगायत रहेका थिए ।
सभामा उद्योग वाणिज्य संघमा आवद्ध पदाधिकारी, सदस्य लगायत व्यापारी, बुद्धिजिवी पत्रकारहरुको सहभागिता रहेको छ । बाजुरामा २०५७ सालमा स्थापना भएको उद्योग बाणिज्य संघमा अहिलेसम्म २ हजार ५ सय भन्दा बढी सदस्य रहेका छन् । कार्यक्रम उद्योग बाणिज्य स‌ंघको आफ्नै सभाहलमा संचालन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार