• होमपेज
  • बाजुरा बिशेष
  • सुख्खा पहिरोले अवरुद्ध साफेँ-मार्तडी राजमार्ग एकतर्फी खुल्यो

सुख्खा पहिरोले अवरुद्ध साफेँ-मार्तडी राजमार्ग एकतर्फी खुल्यो

  • शनिबार, असार २९, २०८१
सुख्खा पहिरोले अवरुद्ध साफेँ-मार्तडी राजमार्ग एकतर्फी खुल्यो

टेक बहादुर बुढा —पहिरोका कारण अवरुद्ध बाजुराको साफेँ —मार्तडी राजमार्ग एकतर्फी खुलेको छ । शनिबार मध्याह्न्नको समयमा साफेँ मार्तडी राजमार्गको बुढिगंगा नगरपालिका ३ ताप्री सेरामा सुख्खा पहिरोले सडकखण्ड अवरुद्ध भएको थियो ।

सडकखण्ड अवरुद्ध भएको करिब छ घण्टापछि जेसीबी लगाएर एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीले जानकारी दिएका छन् । उनका अनुसार सडक खुलाउनका लागि अवरुद्ध भए लगत्तै जेसीबी पुगेपनि माथिबाट निरन्तर पहिरो झर्न थालेपछि खुलाउन ढिलाई भएको बताए । उनले बडिमालिका खबरलाई भने, “करिब छ घण्टा पछि बाटो एकतर्फी खुल्यो तर माथिबाट निरन्तर सुख्खा पहिरो खसिरहेकाले अहिले पनि खुलाउने काम भइरहेको छ ।”

सडकखण्ड एकतर्फी खेलेपछि दिनभर जाममा परेका सवारी साधनहरु आ-आफ्नो गन्तव्य तर्फ लागेका छन् भने सहज रुपमा भोलि बिहानबाट मात्रै बाटो सुचारु हुने बताइएको छ । सुख्खा पहिरोले राजमार्ग अवरुद्ध भएपछि शनिबार दिनभर यातायात सेवा प्रभावित भएको थियो । सडक खण्ड अवरुद्ध हुँदा सदरमुकाम मार्तडी र जिल्लाको दक्षिणी भेगबाट सञ्चालन हुदैँ आएका सवारी साधन छ घण्टासम्म जाममा परेका थिए ।

चर्चामा

सम्बन्धित समाचार