• होमपेज
  • बाजुरा बिशेष
  • पहिरोले साफेँ मार्तडी सडकखण्ड अवरुद्ध

पहिरोले साफेँ मार्तडी सडकखण्ड अवरुद्ध

  • शनिबार, असार २९, २०८१
पहिरोले साफेँ मार्तडी सडकखण्ड अवरुद्ध
फाेटाेः राकेश थापा

बाजुरा —पहिरोका कारण बाजुराको साफेँ मार्तडी राजमार्ग अवरुद्ध भएको छ । शनिबार मध्याह्नको समयमा साफेँ मार्तडी सडकखण्डको बुढिगंगा नगरपालिका ३ ताप्रेसेरामा सुख्खा पहिरोले सडकखण्ड अवरुद्ध भएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको स्थानीयहरुले जानकारी दिएका छन् । यस अघि पनि लगातारको अविरल बर्षाले अवरुद्ध भएपनि तत्काल इस्काइभेटर लगाएर सुचारु हुदैँ आएको थियो । यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाजुराले भने सडक अवरुद्वकाे जानकारी नआएकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार