शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाली सेनाद्धारा मार्तडी कोल्टी सडक खण्ड जोड्ने नाउलेगाडमा काठेपुल निर्माण

नेपाली सेनाद्धारा मार्तडी कोल्टी सडक खण्ड जोड्ने नाउलेगाडमा काठेपुल निर्माण

  • शुक्रबार, असार २८, २०८१
नेपाली सेनाद्धारा मार्तडी कोल्टी सडक खण्ड जोड्ने नाउलेगाडमा काठेपुल निर्माण

बाजुरा– नेपाली सेनाको टोलीले बाजुराकाे बडिमालिका नगरपालिका ७ रजातोली स्थित मार्तडी कोल्टी सडक अन्तरगत नाउलेगाढमा काठेपुल निर्माण गरेको छ । दुर्गाभन्जन गुल्मका उप सेनानी प्रकाश बिस्वकर्माको नेतृत्वमा  गएकाे ४० जनाको टोलीले सुक्रबार काठेपुल निर्माण गरेको हो ।

केही दिन अगाडी अबिरल बर्षासंगै आएको बाढिले खोलामा रहेको काठेपुल बगाउँदा आवत जावतमा समस्या भएको थियो । काठेपुल बगाउदा मार्तडी कोल्टी सडकमा हिड्ने यात्रुहरु र स्थानियलाई आवतजावतमा समस्या भएको थियो ।

मार्तडी कोल्टी सडक अन्तरगत अबिरल बर्षाका कारण सडक अबरुद्ध भएको र हिडेर जाने यात्रुहरुको सहजताका लागि नेपाली सेनाले काठे पुल निर्माण गरेको दुर्गाभन्जन गुल्मका गुल्मपती धर्मेन्द्र बहादुर सिहंले बताए ।

खोला बढेर जोखीम भएको र स्थानियलाई समेत आवत जावतमा समस्या भएपछि स्थानिय तहका जनप्रतिनिधीहरुको सहभागी सहित नेपाली सेनाले  काठेपुल निर्माण गरिएको गुल्मपती सिहंले बताए ।

No description available.

चर्चामा

सम्बन्धित समाचार