बाजुरा– बाजुरामा पहिरोले अवरुद्ध राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा सुचारु भएको छ । लगातारको अबिरल बर्षाका कारण शनिवार बिहान अछामको बुढाबगरमा पहिरोले सालको रूख ढलेर बिजुलीको पोल भाँचिएपछि विद्युत सेवा अवरुद्ध भएको थियो । बाजुरा जिल्लाभर र अछामका केहि स्थानमा दुई दिनदेखि अवरुद्ध विद्युत सेवा सोमबार बिहानबाट नियमित रुपमा सुचारु भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले जानकारी दिएको छ ।
अवरुद्ध विद्युत सेवा सूचारू गर्नका लागि बाजुरा र अछामबाट दुई दिनदेखि जनशक्ति परिचालन गरेर काम सम्पन्न भएपछि विद्युत सेवा सुचारु भएको छ । दुईदिन सम्म विद्युत सेवा अवरुद्ध भएपछि दैनिक कामकाज प्रभावित भएकाे थियाे ।