• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • पाेल ढलेपछि बाजुरामा विद्युत सेवा अवरुद्ध

पाेल ढलेपछि बाजुरामा विद्युत सेवा अवरुद्ध

  • शनिबार, असार २२, २०८१
पाेल ढलेपछि बाजुरामा विद्युत सेवा अवरुद्ध

बाजुरा—  बाजुरामा राष्ट्रिय प्रशारण लाईनकाे विद्युत सेवा अवरुद्ध भएकाे छ ।

केहि दिनदेखि लगातारकाे अबिरल बर्षाका कारण अछामकाे बुढाबगरमा सालकाे रूख ढलेर बिजुलीकाे पाेल भाँचिएपछि विद्युत सेवा अवरुद्ध भएकाे हाे ।

शनिवार बिहान राष्ट्रिय प्रशारण लाईन अन्तरगत साँफे-मार्तडीकाे बुढाबगरमा बिजुलीकाे पाेल ढलेपछि अछामका केही स्थान र बाजुरामा विद्युत सेवा अवरुद्ध भएकाे बाजुरा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए ।

अवरुद्ध विद्युत सेवा सूचारू गर्नका लागि बाजुरा र अछामबाट जनशक्ति परिचालन गरिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार