• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको मार्तडी-कोल्टी सडकखण्डमा यातायात सेवा ठप्प

बाजुराको मार्तडी-कोल्टी सडकखण्डमा यातायात सेवा ठप्प

लगातार अबिरल बर्षा हुन थालेपछि बाटो खुलाउन समस्या

  • बिहिबार, असार २०, २०८१
बाजुराको मार्तडी-कोल्टी सडकखण्डमा यातायात सेवा ठप्प
फाइल तस्विर

बाजुरा —बाजुराको पुर्वी उत्तरी भेग जोड्ने मार्तडी-कोल्टी सडक लगातारको अबिरल बर्षासँगै पहिरोका कारण अवरुद्ध भएपछि यातायात सेवा ठप्प भएको छ । मनसुन सक्रिय भएसँगै बडीमालिका नगरपालिका वडा नम्बर ७ जिल्लीमा बर्षाले झन निरन्तर पहिरो बग्न थालेपछि अवरुद्ध सडक खुलाउन नसकिएकोे प्रहरीले जनाएको छ ।

असार १७ गते राति आएको अविरल बर्षाले जिल्लीको पहिरोले सडक अबरुद्ध भएर करिब चार दिनदेखि यातायात सेवा ठप्प अवस्थामा छ ।
जिल्लीको पहिरोका कारण सडकखण्ड अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पुर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा मालबहाक सवारी साधन ठप्प भएका छन् ।

कोल्टी क्षेत्रमा संचालन हुदै आएका सवारी साधन बन्द भएर यातायात सेवा बन्द भएपछि आवजत जावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीले बताएका छन् ।

यस बिषयमा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले अवरुद्ध सडक सञ्चालनका लागि पहिरो पन्छ्याएर यातायात सेवा सुचारु गर्न प्रहरीको टोलि तथा प्राविधिकलाई समेत खटाएको भएपनि लगातारको अबिरल बर्षाले सडक खुलाउन समस्या भएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशको गौरवको सडकमा रुपमा रहेको मार्तडी-कोल्टी सडक हरेक बर्ष वर्षायाम सुरु हुने बित्तिकै अवरुद्ध हुदैं आएको छ ।
मार्तडी-कोल्टी सडकखण्डमा पर्ने खोलामा पुल नहुँदा जहिल्यैको बर्षायममा अवरुद्व हुने गरेको छ ।

सडकखण्डमा पर्ने बाउली, अनाई, दानसाघुँ लगायतका खोलाहरुमा पुल नहुँदा हरेक बर्षको बर्षायममा त्यस क्षेत्रका नागरिकहरुले यातायात सेवाबाट वञ्चित हुनुपर्ने बाध्यता रहदै आएको स्थानीयको गुनासो छ ।

जिल्लीको पहिरोले वरिपरीका बस्तीसहित विद्यालय समेत उच्च जोखिममा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार