शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको मार्तडी-कोल्टी सडकखण्ड पहिरोले दुई दिनदेखि अवरुद्ध

बाजुराको मार्तडी-कोल्टी सडकखण्ड पहिरोले दुई दिनदेखि अवरुद्ध

खाेलामा पुल नहुँदा जहिल्यै बर्षायममा अवरुद्व

  • बुधबार, असार १९, २०८१
बाजुराको मार्तडी-कोल्टी सडकखण्ड पहिरोले दुई दिनदेखि अवरुद्ध
फाइल तस्विर

बाजुरा —बाजुराको पुर्वी उत्तरी भेग जोड्ने मार्तडी-कोल्टी सडक लगातारको अबिरल बर्षासँगै पहिरोका कारण दुई दिनदेखि अवरुद्ध भएको छ । मनसुन सक्रिय भएसँगै बडीमालिका नगरपालिका वडा नम्बर ७ जिल्लीमा बर्षाले झन पहिरो बग्न थालेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्लीको पहिरोका कारण सडकखण्ड अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पुर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा मालबहाक सवारी साधन ठप्प भएका छन् । कोल्टी क्षेत्रमा संचालन हुदै आएका सवारी साधन बन्द भएर यातायात सेवा बन्द भएपछि आवजत जावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीले बताएका छन् । अवरुद्ध सडक सञ्चालनका लागि पहिरो पन्छ्याएर यातायात सेवा सुचारु गर्न बडिमालिका नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरिरहेको भएपनि लगातारको अबिरल बर्षाले समस्या भएको डिएसपी गिरीले बताए ।

सुदूरपश्चिम प्रदेशको गौरवको सडकमा रुपमा रहेको मार्तडी-कोल्टी सडक हरेक बर्ष वर्षायाम सुरु हुने बित्तिकै अवरुद्ध हुदैं आएको छ ।

मार्तडी-कोल्टी सडकखण्डमा पर्ने खाेलामा पुल नहुँदा जहिल्यैकाे  बर्षायममा अवरुद्व हुने गरेकाे छ । सडकखण्डमा पर्ने बाउली, अनाई, दानसाघुँ लगायतका खाेलाहरुमा पुल नहुँदा हरेक बर्षकाे बर्षायममा त्यस क्षेत्रका नागरिकहरुले यातायात सेवाबाट वञ्चित हुनुपर्ने बाध्यता रहदै आएकाे स्थानीयकाे गुनासाे छ ।

चर्चामा

सम्बन्धित समाचार