बिहिबार, असार २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बिकास निर्माणमा सहजताका लागि बडिमालिकाले खरिद गर्यो जेसीवी

बिकास निर्माणमा सहजताका लागि बडिमालिकाले खरिद गर्यो जेसीवी

  • मङ्लबार, असार १८, २०८१
बिकास निर्माणमा सहजताका लागि बडिमालिकाले खरिद गर्यो जेसीवी

बाजुरा– सदरमुकाम मार्तडी लगायतका बिभिन्न ठाउँमा सार्वजनिक वा सरकारी संरचना निर्माणमा सहजताका लागि बडिमालिका नगरपालिकाले जेसीवी खरिद गरेको छ । नगरपालिकाको आफ्नै डोजर हुँदा भौतिक निर्माणकार्यमा सहज हुने भएको छ । यहाँका मुख्य सडक देखि ग्रामीण सडक मर्मत गर्ने कामका लागि छिटोछरितो   र सहज हुने नगर प्रमुख अमर खड्काले बताएका छन ।
बर्षाको समयमा बिभिन्न ग्रामिण सडकहरु भत्किने र मर्मतमा ठेकेदार तथा डोजर मालिकहरुलाई पैसा दिने सहमती हुदा पनि समयमै नबनाईदिने समस्या नुहने नगरप्रमुख खड्काले बताए । धेरैलाई गुहार गर्दा पनि समयमै काम सम्पन्न नगरिदिने र नगरबासीले समस्या पाउने हुदा अब नगरपालिकाको आफ्नै जेसीवीबाट काम गर्न सहज हुने नगर प्रमुख खड्काले बताए ।
पालिका भित्रका सानोतिना सडकहरु मर्मत र बिपतका बेला आपतकालिन अबस्थामा मात्र जेसीवी लगाउनैपर्ने बाध्यता भएका ठाउँमा बडिमालिका नगरपालिकाले जेसीवी प्रयोग गर्ने नगरपालिकाले जनाएको छ । आफ्नै स्रोत साधन भए  कामहरु सहजै बन्ने वातावरण सिर्जना होस भन्ने उदेस्यका साथ जेसीवी खरिद गरिएको नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार