बिहिबार, असार २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा आकाशे पानीकै भरमा ५४ प्रतिशत रोपाई सम्पन्न

बाजुरामा आकाशे पानीकै भरमा ५४ प्रतिशत रोपाई सम्पन्न

  • मङ्लबार, असार १८, २०८१
बाजुरामा आकाशे पानीकै भरमा ५४ प्रतिशत रोपाई सम्पन्न

टेक बहादुर बुढा —आकाशे पानीकै भरमा असारको मध्यसम्म बाजुरामा ५४ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । जिल्लामा सिंचाइको सुविधा भएका स्थानमा समयमै रोपाई भएपनि आकाशे पानीको भरमा रोपाई हुने खेतियोग्य जमिनमा असारको मध्यसम्म ४ हजार ३ सय ८१ दशमलव ६५ हेक्टर जमिनमा रोपाई भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाजुरामा ६ हजार ९ सय १५ हेक्टर क्षेत्रफल जमिनमा धान उत्पादन हुन्छ भने ७ हजार ३ सय ३ हेक्टर क्षत्रफल जमिनमा रोपाई हुदैं आएको छ । यस बर्षको मनसुन ढिला गरी सुरु भएकाले आकाशे पानीको भरमा रोपाई हुने स्थानमा असारको पहिलो सातापछि मात्रै रोपाई सुरु भएका थिए ।

जिल्लामा गत बर्ष असारको १५ गतेसम्म ३५ प्रतिशत मात्रै रोपाई भएकोमा यस बर्ष ५४ दशमलव ५६ प्रतिशत रोपाई भएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख भूमिराज उपाध्यायले जानकारी दिएका छन् । यस बर्ष मनसुन ढिला गरी सुरु भएपनि जिल्लाका मुख्य कणर्ाली र बुढीगंगा नदिको सहायताले नौ वटै पालिकामा हालसम्म ५४ प्रतिशत जमिनमा रोपाई सम्पन्न भएको उनले बताए ।

बाजुरामा सिचाइको सुविधा नहुँदा किसानहरुले आकाशे पानीको भरमा धान रोपाइ गर्नुपर्ने बाध्यता रहदै आएको छ । बाजुरामा कुल कृषि योग्य जमिनको १८ प्रतिशत जमिनमा मात्रै सिचाईको सुविधा पुगेको छ भने बाँकी ८२ प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेति गरिदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार