• होमपेज
  • समाचार
  • ६० किलो सुन तस्करी प्रकरण : सुन तस्करीसहित आठ अभियोग, ४६ प्रतिवादी

६० किलो सुन तस्करी प्रकरण : सुन तस्करीसहित आठ अभियोग, ४६ प्रतिवादी

  • सोमवार, असार १७, २०८१
६० किलो सुन तस्करी प्रकरण : सुन तस्करीसहित आठ अभियोग, ४६ प्रतिवादी

काठमाडौँ — ६० किलो सुन तस्करी प्रकरणमा नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ब्रेक सु र अन्य इलेक्ट्रिक समानमा लुकाएर नेपालका ३२ क्लिन्टल सुन तस्करी भएको निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। सीआईबीले हिजो बेलुका अबेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

यसअघि ६० किलो सुन तस्करीमा एउटा मुद्दा दायर भएको छ। यो दोस्रो मुद्दा दायर हुन लागेको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले बताए । यसअघि २०८० असोज ३१ मा २४ जनालाई प्रतिवादी बनाउँदै सुन तस्करीमा जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको थियो । थप अनुसन्धानपछि यो पूरक अभियोग पत्र पेस गर्न लागिएको श्रेष्ठले बताए ।

‘हिजो साँझ प्रतिवेदन प्राप्त भएको छ । आज अध्ययन भइरहेको छ ’ श्रेष्ठले भने ‘भोलि जिल्ला अदालतमा अभियोग पत्र पेस गर्छौ ।’

२०८० साउन २ मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो । अनुसन्धानका क्रममा टोखा लगायतका स्थानमा सुन गाल्ने मेसिन भेटिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार